• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

डुङ्‍गामा मानवता देख्‍ने रविन्द्र

64x64
पुष्पा थपलिया सोमबार, वैशाख ६, २०७८  ०६:३०
1140x725

काठमाडौं- डुङ्‍गालाई हरेकको दिमागले फरक देख्छ। कसैले यसलाई नदी वारपार गराउने साधनका रूपमा मात्रै देख्छन् त कसैले पूरै जीवन।

कलाकार रविन्द्र श्रेष्ठले भने नागपोखरीमा आधा डुबेर उत्रने कोशिस गरिरहेको डुङ्‍गामा मानवता देखे।

कस्तो अचम्म ! नागपोखरी पूरा ब्रम्हाण्ड हो, जहाँ एउटा पुरानो डुङ्‍गा तैरिइरहेको छ। अर्थात् मानवता एक्लो छ।

आधा डुबेको मानवता जसोतसो उत्रने ध्याउन्‍नमा छ। मानवताको शरीरभरि लेउ नै लेउ लागेको छ। मानवता जीर्ण बनेको छ, बेवारिसे बनेको छ।

त्यही बेवारिसे अवस्थामा बसेको डुङ्‍गालाई रविन्द्रले ‘इन्स्टलेसन आर्ट’को रूपमा प्रयोग गरे। मानवता जगाउने भाँडोको रूपमा जीर्ण डुङ्‍गा गतिलो उपाय बन्यो उनका लागि।

‘म्यानमारमा यतिखेर युद्ध चलिरहेको छ,’ उनले डुङ्‍गा सजाउँदै भने, ‘हामी कुरा गरिरहँदा पनि धेरैको ज्यान गइरहेको होला।’ उनीहरूको आत्माको शान्तिको कामना गर्न इन्स्टलेसन आर्टको सोच आएको उनले बताए। रविन्द्रले भावुक हुँदै भने, ‘मानवता हराउँदै गएको बेलामा डुङ्‍गा नै सबैभन्दा गज्जबको संकेत लाग्यो।’

उनले इन्स्टलेसन आर्ट बनाएको यो पहिलोपटक भने हैन। उनी कलाकार भएको नाताले कहिले ‘कन्सेप्चुअल’ त कहिले ‘इन्स्टलेसन’ आर्टको माध्यमबाट मनका उकुसमुकुस बाहिर ल्याइरहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

रविन्द्रले नेपालमा घटेका धेरै दुःखद् घटनामा यस्ता इन्स्टलेसन या कन्सेप्चुअल आर्ट बनाइसकेका छन्। रुकुममा नवराज विकको हत्याका बेला होस् या डा. गोविन्द केसीको आमरण अनसनको बेलामा, निर्मला पन्तको बलात्कारपछि हत्याका समयमा होस् या संविधानसभा विघटन हुँदा नै, रविन्द्र कलाको माध्यमबाट दुःख पोख्छन्। कलामार्फत् आफू यस्ता गतिविधिले खुसी हुन नसकेको बताउँछन्।

कलामा डुबेर डुङ्‍गा जमिनमा उतारेका रविन्द्रले आफ्नो दायित्व पूरा गरेको ठान्छन्।

रविन्द्र भावुक स्वभावका छन्। सारा विश्व खुसीयाली मनाइरहँदा उनी म्यानमारमा भएको युद्धले दुःखी छन्। भावुक हुँदै उनले भने, ‘समाचारमा बताएअनुसार अहिलेसम्म ७०० भन्दा धेरैको ज्यान गइसक्यो, यसले मलाई निकै पोल्छ।’

नक्सामामात्रै देखेको म्यानमारमा घटेको घटनाले पोलिरहेको मनलाई केही सान्त्वना दिन, मृतकलाई श्रद्धाञ्‍जलि दिन र भइरहेको नरसंहार छिट्टै रोकियोस् भन्‍नका लागि रविन्द्रले यो कला प्रस्तुत गरेका छन्। मुख्यतः रविन्द्रको उद्देश्य, यो कलाले मानवतालाई घचघच्याओस् भन्‍ने नै हो।

त्यसका लागि डुङ्‍गा जरूरी थियो। यहाँबाट म्यानमार कहाँ छ रविन्द्रलाई थाहा छैन। तर, डुङ्‍गाले उनको भावना म्यानमारसम्म पुर्‍याउनेछ। डुङ्‍गासँगै म्यानमार पुगेको उनको भावनाले पक्कै मानवता जगाउनेछ र नरसंहार रोकिनेछ। 

दिमागमा उपाय फुरे पनि तुरून्तै डुङ्‍गा भेटिएन। डुङ्‍गा खोज्‍न निकै ठाउँ भौतारिए उनी। काठको डुङ्‍गाको खोजीमा निस्किएका रविन्द्रलाई नागपोखरीको बेवारिस डुङ्‍गाले पर्खिरहेको रहेछ। उनले भने, ‘हेर्नुस् न, आजभन्दा १७ वर्षअघि बनेको यो डुङ्‍गा काम नलाग्ने भएर बसेको रहेछ। यसलाई देख्‍नेबित्तिकै मैले यसमा जीवन देखें।’

कलामा डुबेर डुङ्‍गा जमिनमा उतारेका रविन्द्र आफ्नो दायित्व पूरा गरेको ठान्छन्।

नागपोखरीमा पहिले धेरै डुङ्‍गा थिए। अहिले यही एउटामात्रै बाँकी छ। डुङ्‍गा कति जलिसके त कति कता पुगे पत्तो छैन। रविन्द्रलाई नै पर्खिरहेको डुङ्‍गाले भने अब उनले देखेजस्तै जीवन पाएको छ। डुङ्‍गाका साहुले अब पोखरीमा अलपत्र नपार्ने, बरू त्यसलाई भावी पुस्ताका लागि जोगाउने योजना बनाएको सुनाउँदा रविन्द्र खुसी सुनिए।

रविन्द्रले डुङ्‍गासँग घनिष्टता जोड्न फिंगर प्रिन्टको पनि प्रयोग गरेका छन्। यसबारे प्रस्ट्याउँदै उनले भने, ‘हामी सबैको बूढी औंठाको छाप फरक हुन्छ। तर, हामीलाई मानवताले एक बनाएको छ।’

यस्ता आर्टहरूमा खर्च पनि धेरै नै लाग्छ। तर, रविन्द्र खर्च सुनाउन चाहँदैनन्। उनले भने, ‘मेरो समय, मेरो दिमाग र मेरो कलालाई कसरी पैसामा मापन गर्न सकिन्छ र!’

तस्बिर/भिडियो: मनिष पाैडेल /अनुराग लम्साल 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्