• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वदलीय बैठक : तीन विषयमा छलफल, सभामुखमाथि प्रधानमन्त्रीको आरोप

64x64
नेपाल लाइभ शनिबार, वैशाख ४, २०७८  १५:११
1140x725

काठमाडौं- शनिबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमाले, कांग्रेस, जसपा, राप्रपालगायतका दलबाट प्रतिनिधित्व गर्ने नेताहरुको उपस्थिति थियो।

बैठकलाई माओवादी केन्द्रले बहिष्कार गरेको थियो। एमालेका वरिष्ठ नेताहरु तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि बैठकमा सहभागी भएनन्। जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएनन्।

सुरुआतमै प्रधानमन्त्री ओलीले बैठकमा छलफल गरिने विषयबारे जानकारी गराएका थिए। दलहरुको छलफल त्यसमै केन्द्रित भएको थियो।

तीन विषयमा छलफल
शनिबारको सर्वदलीय बैठकमा मुख्यगरी तीन विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन्। 'बैठकमा मुख्यतया तीनवटा विषयमा केन्द्रित भएर छलफल भएको छ। पहिलो, बढ्दो कोरोना महामारीको प्रतिकार्य कसरी गर्ने, यसलाई रोकथाम र नियन्त्रणका लागि के-कस्ता उपायहरु अवलम्बन कसरी गर्ने। दोस्रो, रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहमा गर्ने उपनिर्वाचनको सन्दर्भमा। तेस्रो, संसद्‌मा अड्किरहेका केही बिजनेसहरु र पछिल्ला राजनीतिक स्थितिहरुको बारेमा पनि सर्वदलीय बैठकमा गम्भीरतापूर्वक छलफल भयो,' बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

ज्ञवालीका अनुसार, कोरोना महामारीका सन्दर्भमा सबै दलहरुको एउटै राय थियो। सहभागीहरुले चुनौती दिन प्रतिदिन बढ्दै गएकोले यसको रोकथाममा सरकारले अझ सजगता अपनाउनुपर्ने धारणा राखेका थिए। त्यस्तै, उपनिर्वाचनका सन्दर्भमा सबैले सहमति दिएका थिए। 'नेपाली कांग्रेसले भदौमा आफ्नो महाधिवेशन भएको हुनाले महाधिवेशनको कार्यक्रम प्रभावित नहुनेगरी निर्वाचनको कार्यतालिका तर्जुमा गरियोस् भनेर उहाँहरुको सुझाव थियो। प्रधानमन्त्रीले कांग्रेससँग परामर्श गरेर महाधिवेशनलाई प्रभावित नपार्नेगरी नै छलफल गर्छौं भन्‍नुभएको छ,' ज्ञवालीले भने।

जसपाको चासो नागरिकता विधेयक
बैठकमा प्रधानमन्त्रीका तर्फबाट प्रस्तुत विषयहरुमा जसपाको तर्फबाट सहमति जनाइएको भए पनि उनीहरुका तर्फबाट नागरिकता विधेयकको विषयमा चासो राखिएको ज्ञवालीले बताए। बैठकमा जसपाको तर्फबाट महन्थ ठाकुर तथा लक्ष्मणलाल कर्ण सहभागी थिए।

'नागरिकता विधेयक लामो समयदेखि अड्किएको छ। त्यसले गर्दा जन्मको आधारमा नागरिकता पाएकाका सन्तानहरु ठूलो संख्यामा नागरिकताविहीन भएका छन्। यो विषय छिटो अगाडि लगाइयोस् भन्‍ने उहाँहरुको धारणा थियो,' उनले भने।

नागरिकता विधेयक संसदीय समितिबाट पारित भइसकेको भए पनि त्यसपछिको संसदीय प्रक्रिया अघि बढ्न सकेको छैन।

Ncell 2
Ncell 2

'सभामुख अराजक र अनैतिक'
बैठकमा प्रधानमन्त्री ‌ओलीले सभामुख अग्‍निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका थिए। उनले सापकोटालाई अराजक र अनैतिक भएको भन्‍ने आरोप लगाएका थिए। 'प्रधानमन्त्रीले संसद्ले काम गर्न दिएन, सभामुखले अराजक र अनैतिक काम गरिराख्नुभएको छ भन्‍नुभयो,' बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने।

एमसीसी संसद्‌मा निर्णयार्थ पेस नगरेकोमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनले आजको बैठकमा त्यसलाई नै निरन्तरता दिएका हुन्।

'खासगरी एमसीसी लामो समयदेखि अड्किरहेको छ। झन्डै पौने दुई वर्ष भयो। त्यसलाई पास गर्ने कि नगर्ने भन्‍ने संसद्को आफ्नो कुरा भयो। संसद्लाई त्यो अधिकार छ। पास गर्न पनि सक्छ, नगर्न पनि सक्छ। तर, सभामुखले तजविजी अधिकार प्रयोग गरेर (जुन तजविजी अधिकार उहाँसँग छैन) त्यसलाई लामो समयसम्म रोक्न मिल्दैन भन्‍ने कुरामाचाहिँ सबै दलहरुको साझा धारणा रह्यो,' बैठकपछि परराष्ट्रमन्त्री पदीप ज्ञवालीले भने।

कांग्रेसको सुझाव : लकडाउन नगरौं
बैठकमा कोरोनाको विषयमा छलफल हुँदा लकडाउन गरिहाल्ने कुरा ठीक नहुने धारणा राखेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। 'कोभिडको बारेमा सरकार अरु गम्भीर हुनुपर्‍यो,' उनले बैठकमा राखेको धारणा सुनाए, 'लकडाउनभन्दा रोकथामतिर जानुपर्छ। र, कोभिडको निवारण, रोकथाम र उपचारका लागि सरकारले आइसोलेसन सिट आवश्यक मात्रामा बढाएर राख्नुपर्छ। रोकथामका विधिहरुमा सरकारले ध्यान दिएर जनतालाई सचेत बनाउनुपर्छ।'

कोभिड महामारीका विषयमा छलफल हुँदा आफूहरुले पनि बुँदागत सुझाव दिएको लोहनीले बताए। 'हामीले कोभिडको समाधान गर्नका लागि सरकारको तर्फबाट गर्नुपर्ने के-के कुरा हो भनेर पाँच सातवटा बुँदा हामीले भनेर सुनायौं,' उनले भने।

'माओवादी केन्द्र नभए पनि देश चल्छ'
मन्त्री ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताए। सर्वदलीय बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले बैठकमा माओवादी केन्द्रको तर्फबाट सहभागिता नजनाइएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।

माओवादी केन्द्रलाई बैठकबारे खबर नभएको भन्‍नेबारे पत्रकारको जिज्ञासामा मन्त्री ज्ञवालीले भने- 'हिजो व्यापकै थियो त! हिजो कार्यक्रममै हुँदाहुँदै प्रचण्डले भन्‍नुभयो रे- प्रधानमन्त्रीको फोन आयो मलाई। खबर थिएन भन्‍नु बेकारको कुरा हो। उहाँहरु किन आउनुभएन। किन यस्तो गैरजिम्मेवार बाटो हिँड्दै हुनुहुन्छ। त्यो उहाँहरुले जान्‍ने कुरा हो। उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ।'

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १५:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित)
सम्बन्धित सामग्री
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो समी... शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको उ... शनिबार, फागुन ३०, २०८२
गुन्डुमा एमाले सचिवालय बैठक सुरु बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउने विषयमा छलफल हुँदैछ । शनिबार, फागुन ३०, २०८२
ताजा समाचारसबै
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुले आवेदन दिन दूतावासकाे अनुरोध शनिबार, फागुन ३०, २०८२
पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष शनिबार, फागुन ३०, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
गुन्डुमा एमाले सचिवालय बैठक सुरु शनिबार, फागुन ३०, २०८२
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित शुक्रबार, फागुन २९, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्