काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन्।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरुद्धका सबै विरोध र टिकाटिप्पणीलाई सहँदै आएको तर, पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका हुन्।
'बघिजी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ। बोलिरहनुभएको छ तर, म सीमा हेरिहेको छु। तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्,' उनले भने।
नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले भैसी खाए‘ जस्तो भएको भन्दै व्यंग्यसमेत उनले गरे। 'किर्नाले भैसी खादैन। किर्नाले भैसी खान्छ नि। किर्नाले भैसी खाएको देख्नुभएको छ कि छैन। यीनीहरुले गरेको हामीलाई कारवाही त्यस्तै हो। किर्नाले भैसी खाए जस्तै। तर, हामी किर्ना किर्नाकै ठाउँमा हुन्छ। भैसी भैसीकै ठाउँमा हुन्छ। सन्तोष गर्न पाईन्छ किर्नाले भैसी खाएकै हो। भैसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झ्रयो। मजाले भैसी खायाे, पुटुक्क भयो, फुत्रुक्क झ्यो। कति रोएका ?,' उनले भने।
प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दे समर्थन फिर्ता लिने चुनौतिसमेत दिए।
'राजीनामा देऊ राजीनामा देऊ। हटाउन न। हटाउ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाउ। केही पनि गर्न नसक्ने राजीनामा देउ राजीनामा देउ। म संग बहुमत छ। बहुमतको सरकार छ। म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ। चाहिएको छैन तिम्रो समर्थन लैजाऊ,' उनले भने।
प्रधानमन्त्री ओलीले आफै सांसद बन्न नसक्ने हैसियतमा पुगेका नेता नेपालले टिकट दिन्छु भन्ने गरेको भन्दै व्यंग्य गरे।
'कांग्रेसकोमा जान्छन् रुन कराउन। अनि जसपाका जान्छन्। अनि हल्ला फैलाउँछन्। केपी ओलीले टिकट दिएन भने चिन्ता नगर्नुहोस्। म दिन्छु टिकट। टिकट त बसपार्कमा बाडेको बाडेई छ त। माधव नेपालले टिकट बाड्न सक्नुहुन्छ ? अब सांसद एक जना पनि बनाउन सक्नुहुन्न। आफै बन्नुहुन्न अर्कालाई के बनाउनुहुन्छ ?,' उनले प्रश्न गरे।
प्रधानमन्त्री ओलीले अपराधपुर्ण क्रियाकलापको क्षमायाचना गरे माधवकुमार नेपाललाई पार्टीमा काम गर्न दिइने भन्दै फर्किन आव्हान गरे।
'म उहाँहरुलाई अहिले पनि भन्न चाहन्छु। पार्टीबाट उहाँहरुले यति उपद्रोव गर्दा पनि निष्कासन गरिएको छैन। आत्माआलोचना गरेर फर्केर आउनुहोस्। आफ्नै पार्टी हो। आउनुहोस् तपाईहरुलाई आफ्नै पार्टीको रुपमा व्यवहार गरिन्छ। तर, गुटवन्दी चल्दैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।