• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विशाल बजार भाडा अनियमितता : सामूहिक भ्रष्टाचार भएको अदालतको ठहर

अपुरो अनुसन्धान गरेको भन्दै अख्तियारमाथि प्रश्न, विशाल बजारलाई ६ बुँदे निर्देशन 
64x64
दुर्गा दुलाल आइतबार, चैत २९, २०७७  ०९:०१
1140x725

काठमाडौं- विशेष अदालतले सरकारको पनि स्वामित्व रहेको न्यूरोडको विशाल बजारको भाडामा सामूहिक भ्रष्टाचार भएको ठहर गरेको छ। जिम्मेवार पदमा रहेका सबैको मिलेमतोमा सामूहिक भ्रष्टाचार भएको अदालतले ठहर गरेको हो। 

सर्वोच्चमा पुनरावेदनका लागि हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि पनि प्रश्न उठाइएको छ। 

विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २०७६ असोज १ गते फैसला सुनाएको थियो। सामूहिक रूपमा भ्रष्टाचार भएकोमा दुविधा नरहेको फैसलाको पूर्णपाठमा उल्लेख छ।  

अख्तियारले करिब १० करोड रुपैयाँ विशाल बजारको भाडामा अनियमितता गरेको भन्दै आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशाल बजारको सेयर लगायत अन्य अनियमितताको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अख्तियारले २०६८ देखि २०७१ सम्म भाडामा दिँदा भ्रष्टाचार भएको भन्दै दोस्रो मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा विशेषले भ्रष्टाचार भएको ठहर गर्दै ९ करोड ४७ लाख ८० हजार ३ सय ३६ रूपैयाँ बराबरको विगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने भनेको छ। २०७६ असोजमा भएको फैसलाको पूर्णपाठ तयार गर्दै अदालतले कम्पनीको सञ्चालक समितिको नाममा सात बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको छ। 

भाडा र बिलबिनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठसहित सात जनालाई कैद, विगो र विगो बराबर जरिवाना असुल हुने फैसला सुनाएको थियो। सस्तोमा भाडामा लिएर अन्य व्यक्तिलाई फेरि बहालमा दिएको अदालतको ठहर छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ पुसदेखि २०७१ वैशाख मसान्तसम्मको अवधिमा भाडावापत भएको आम्दानीको अनुसन्धान गरेको थियो। अख्तियारको यो अनुसन्धानमा पनि अदालतले प्रश्न उठाएको छ।  

विशेषले फैसलाको पूर्णपाठको ६ नम्बर बुदाँमा अख्तियारलाई ध्यानाकर्षण गराएको छ। ‘रवीन्द्रलाल श्रेष्ठ विगत २०४४ सालदेखि नै कम्पनी सञ्चालक समितिको अध्यक्ष लगायत पदीय हैसियतमा कार्यरत रहेको देखिएको, उनी कार्यरत रहेको समयमा श्रृंखलावद्ध रूपमा कम्पनीको हानी नोक्सानीको काम भएको देखियो’, फैसलामा भनिएको छ, ‘तर, २०६८/९/११ देखि २०७१/१/३१ सम्मको अवधिको मात्र आरोप-पत्र दायर भएको देखियो। सबै प्रतिवादीहरूलाई एकमुष्ठ रूपमा संलग्न गराई सजायको मागदाबी लिई आरोप-पत्र दायर गर्ने गरेको देखिएकाले अब यस प्रकारको अभियोजन कार्य नगर्न/नगराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा ध्यानाकर्षण गराउन लेखी पठाउने।’ 

nimb
nimb
Ncell 2
Ncell 2

विशाल बजारका तत्कालीन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्य अशोकजीव तुलाधरलाई विशेष अदालतले दुई वर्ष कैद सजायको फैसला गरेको थियो। विशेषले विशाल बजार कम्पनीका प्रमोदकुमार अग्रवाल र विजयकुमार बानियाँलाई डेढ वर्षका दरले कैद सजाय हुने भनेको छ। वासुदेव विष्ट, गौतमलाल श्रेष्ठ र निर्मलकुमार धानुकलाई एक वर्षका दरले कैद सजाय हुने विशेषको फैसलामा उल्लेख छ। अदालतले उनीहरू सबैलाई एक करोड २१ लाख ८५ हजार बिगो र त्यति नै जरिवाना हुने ठहर समेत गरेको थियो। सञ्चालक भवानीराज पाण्डेको मृत्यु भइसकेको भन्दै विशेषले कैद र जरिवाना मिनाहा भए पनि बिगो रकम उनको सम्पत्तिबाट असुल उपर हुने ठहर गरेको थियो।  उनको हकमा पुनरावेदन गर्न अदालतले श्रीमती प्रेमा पाण्डेलाई भनेको छ।  

विशाल बजारको कथा

विशाल बजार कम्पनी २०२६ सालमा कम्पनी ऐन, २०२१ बमोजिम दर्ता भएको संस्था हो। यसको अधिकृत तथा जारी पुँजी ५ करोड र चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार थियो। प्रतिकित्ता एक सय रुपैयाँका दरले ४ लाख ९१ हजार ४ सय कित्ता सेयर जारी भएकोमध्ये नेपाल खाद्य संस्थानको नाममा ७३ हजार ७१० कित्ता, नेशनल ट्रेडिङका नाममा ६८ हजार ७९६ कित्ता र कृषि सामग्री संस्थानका नाममा २४ हजार ५७० कित्ता सेयर रहेको थियो। कुल ३४५ सेयर सदस्य रहेको कम्पनीमा ३ वटा पूर्ण सरकारी स्वामित्वमा रहेको संस्थाको सेयर थियो। विशाल बजार कम्पनी लि को शुक्रपथस्थित भवनमा ३४६ वटा पसल छन्। 

तत्कालीन राजा महेन्द्रले सस्तो र सुलभ दरमा उपभोग्य सामानको व्यवस्था मिलाउन विशाल बजार कम्पनी गठन गर्न आदेश दिई भवन निर्माण गराएका थिए। शुरुमा तत्कालीन अञ्चलाधीशसमेत सञ्चालक हुने कम्पनीले सेयरधनीलाई मात्रै भवनको सटर भाडामा दिने व्यवस्था गरेको थियो। तर, २०६४ सालपछिका सञ्चालकले आफूखुशी नियमावली बनाई पसल भाडामा लिँदा सेयरसँग गाभ्नुपर्ने व्यवस्था गरेका थिए। 

सरकारी संस्थानहरूको एकतिहाइ सेयर भए पनि निजी सञ्चालकहरूको दबाब तथा प्रभावका कारण विशाल बजारका अधिकांश सटर सेयरधनीले आफ्नो कब्जामा लिई व्यापारीलाई महँगोमा बेच्ने गरेका थिए। ३ सय ४६ वटा पसल रहेको विशाल बजारमा नेशनल ट्रेडिङ कम्पनीले एउटा सटरमात्रै पाएको छ। जबकि, कम्पनीको प्रबन्ध-पत्र र नियमावलीमा सेयरधनीलाई प्राथमिकता दिने भन्ने उल्लेख थिएन।

अख्तियारले ती पसल बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी भाडामा दिनुपर्नेमा मिलेमतोमा बेच्ने र सेयरधनीले तेस्रो व्यापारीलाई महँगोमा भाडा दिने गरेको उजुरीपछि अनुसन्धान थालेको थियो।

विशेषको ठहर 
पसल कवल बहालमा लगाउने कार्यलाई कम्पनीको प्रवन्ध-पत्र, नियमावली, कम्पनी रजिष्ट्रारको कार्यालयको आदेश, कम्पनी बोर्डको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन, सर्वोच्च अदालतबाट भएको फैसला बमोजिम गर्न विशेषले ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। विशेषले यसको जानकारी कम्पनी राजिष्ट्रारको कार्यालयलाई पनि दिन फैसलामा भनेको छ।  

कसलाई कति कैद? 
रविन्द्रलाल श्रेष्ठ– २ वर्ष 
वासुदेव विष्ट – १ वर्ष 
गौतमलाल श्रेष्ठ – १ वर्ष 
विजयकुमार बानियाँ – १ वर्ष ६ महिना 
प्रमोदकुमार अग्रवाल – १ वर्ष ६ महिना 
अशोकजिवी तुलाधर – २ वर्ष 
निर्मल धानुन – १ वर्ष

यस्ता छन् ६ बुँदे निर्देशनात्मक आदेश 

  • कम्पनीको आर्थिक कारोबारसँग प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेका व्यक्तिहरूले मात्र कम्पनीको सञ्चालकमा निर्वाचित हुन सक्ने व्यवस्था कम्पनीको नियमावलीमा व्यवस्था गर्नू 
  • कम्पनीको सेयरसँग कम्पनीको पसल कवल अभिवाज्य रूपमा गाभिने र सेयरको नामसरी हुँदा पसल कवल पनि स्वतः नामसारी हुने परिपार्टी अन्त्य गर्नू
  • पुनः बहालमा दिइएको कम्पनीको पसल कवलहरू पुनः बहालमा लिने व्यक्तिहरूले हाल के कुन दरमा बहाल लिएका छन्? पुनः बहालमा लिएको भाडादर बमोजिमको रकम सिधै कम्पनीको खातामा जम्मा गराउने व्यवस्था गरी कवल पसल पुनः बहालमा दिने परिपाटीको अन्त्य गर्नू 
  • प्रत्येक दुई वर्षमा विशाल बजार कम्पनी रहेको स्थान वरपर कायम भएको एवं प्रचलित  बहाल दर समेतका आधारमा कम्पनीको पसल कवल, जग्गा समेतको बहाल दर कायम गरि खुल्ला प्रतिस्पर्धाद्वारा बढाबढ गराई कवल पसल बहालमा लगाउने व्यवस्था गर्नू
  • कम्पनीको नियमावली सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६३ अनुकुल हुने गरि संशोधन परिमार्जन गर्नू
  • रवीन्द्रलाल श्रेष्ठ विगत २०४४ सालदेखि नै कम्पनी सञ्चालक समितिको अध्यक्ष लगायत पदीय हैसियतमा कार्यरत रहेको देखिएको, उनी कार्यरत रहेको समयमा श्रृंखलावद्धरुपमा कम्पनीको हानी नोक्सानीमा काम भएको देखिएको। तर, २०६८/९/११ देखि २०७१/१/३१ सम्मको अवधिको मात्र आरोपपत्र दायर भएको देखियो। सबै प्रतिवादीहरूलाई एकमुष्ठ रूपमा संलग्न गराई सजायको माग दाबी लिई अरोपपत्र दायर गर्ने गरेको देखिएकाले अब यस प्रकारको अभियोजन कार्य नर्गन/नगराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा ध्यानाकर्षण गराउन लेखी पठाउने। 

सम्बन्धित समाचार : 

'कहिल्यै नटुंगिने' विशाल बजारको भ्रष्टाचार मुद्दा, ३३ पटक पेसी चढेर ४५ न्यायाधीशको इजलासमा

१५ वर्षदेखि बदनाम विशाल बजार

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा : ऊर्जामन्त्री श्रेष्ठ कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाश... सोमबार, जेठ ११, २०८३
सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सु... सोमबार, जेठ ११, २०८३
२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार... आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलायो संसदीय दलको बैठक बुधबार, जेठ १३, २०८३
बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन दिन आग्रह बुधबार, जेठ १३, २०८३
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ बुधबार, जेठ १३, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बुधबार, जेठ १३, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्