काठमाडौं- नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी रहेकाले बेलुका ५ बजे औपचारिक घोषणा गरिने जनाइएको छ।
पोखरेल प्यालनकै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम, महिला उपाध्यक्षमा वाला अधिकारी, महासचिवमा रोशन पुरी विजयी भएका छन्।
यस्तै खुला सचिवमा गोविन्द चौलागाई, एशोसिएट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, सधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक विजयी भएका छन्।
यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्। अरु केन्द्रीय सदस्यहरु समेत अधिकाशं पोखरेल प्यानलकै विजयी भएका छन्। यस्तै पाेखरेललाई प्रेस संगठन र माधवकुमार नेपाल समूहकाे प्रेस चाैतारीसहित ११ संगठनकाे समर्थन थियाे।
यता पोखरेलका प्रतिद्धन्दी निर्मला शर्मालाई प्रधानमन्त्री केपी शर्मा ओली समूहकाे प्रेस चाैतारी र विप्लवकाे जनवर्गीय समूहलगायतकाे समर्थन थियाे। पाेखरेल २ हजारभन्दा धेरै भोटले अन्तरले अगाडि रहेकाले कार्यक्रम गरी उनले आफ्नो मन्तव्य राखेका थिए।
महासंघको कार्यालयमा बोल्दै पोखरेलले आफ्नो कार्यकालमा सबै टिमलाई समेट्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिने बताए। श्रमजीवी पत्रकारका मुद्धा अझै सम्बोधन हुन नसकेको बताउँदै पोखरेलले त्यसका लागि आफूले भरमग्दुर प्रयास गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।