काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल माथि नउठाइकन र आत्मविश्वासयुक्त वातावरण निर्माण नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुन नसक्ने बताए।
निर्यात व्यवसायी महासंघ नेपालको शुक्रबार आयोजित प्रथम साधारणसभाको समुदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए।
उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न तत्पर रहेको उनले बताए।
कोभिड महामारीको बीचमा पनि निजी क्षेत्रलाई ढाडस दिने उद्देश्यले सरकारले विभिन्न किसिमका पयत्न गरेको बताए। ति सबै चिजहरु क्रमिक रुपमा कार्यान्वयमा आएको पनि उनले बताए।
कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजी क्षेत्रलाई गतिशिल ढङ्गले आधार निर्माण गर्नका लागि नीति तथा कार्यक्रम र योजना तयार गर्ने विषयमा केन्द्रीत भएर छलफल गरिरहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।