काठमाडाैं- सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्। वन मन्त्रालयको सिफारिसमा उक्त नियुक्तिको निर्णय गरिएको उनले बताए।
समितिको सदस्यमा कमला ओली सिवाकोटा, शशीकुमार शर्मा, शुष्मी ढकाल र भेषराज आचार्यलाई नियुक्त गरिएको मन्त्री गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।