• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पीडा बनेर पोखिन्छन् यादहरू

शैलेन्द्र थापा शनिबार, चैत २८, २०७७  ०८:३२
1140x725

आज चैत्र २८ गते। फेरि पनि सम्झिएँ, एकै व्याचका प्रिय मित्र सशस्त्र प्रहरी निरीक्षक स्वर्गीय दुर्गाबाबु पाठकलाई। जसलाई हामीले २०७२ चैत्र २८ गते कर्तव्य पालनाको सिलसिलामा धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा गुमाएका थियौं।

उसको भौतिक शरीर हामीमाझ नभए पनि उसका संगीतलाई मर्न नदिनको लागि 'दुर्गाबाबु पाठक संगीत स्मृति पुरस्कार' स्थापित छ। जुन हरेक वर्ष नेपाल एपीएफ स्कुलमा संगीततर्फ प्रथम हुने एकजना विद्यार्थीलाई प्रदान गरिन्छ। जुन पुरस्कारको क्रम अनन्तकालसम्म रहने हाम्रो विश्‍वास छ।

यसका साथै उसको निधनपछि ती यादहरू समेटेर करिब एक दर्जन लेख लेखियो होला। जहाँ ती रमाइला दिनका थुप्रै कहानी समेटिए। फेसबुक स्ट्याटस लेख्दै जाँदा धेरै नै विछिप्‍तपन झल्किएछ क्यारे। व्याची दीपक कोइरालाले त एक पटक भनेको थियो- ए साथी ! यति पागल पनि नबन्‍न यार!

उसका संगीतललाई सम्झँदै स्मृति पुरस्कारको बारे विभिन्‍न छापा माध्यममा करिब १०० भन्दा बढी समाचार प्रकाशित भएछन्। जुन सम्मान हामीले दिनै पर्ने थियो। उसले भरेका संगीतका धुनहरू हाम्रा कानमा आज पनि गुन्जिरहेका छन्। ती गीतसंगीत अजर-अमर रहने छन्। हजुरको देशमा हजुरकै मर्जी म त हजुर दुइ दिनको पाहुना, उसकै गीत हो यो। हुन त हामी सबै यो धर्तीका पाहुना हौं। हामी सबैको जाने बाटो एउटै हो र जुन अकाट्‍य छ। यत्ति हो, कोही यसरी नै सम्झना र यादका थुप्रै पोकाहरू छोडेर जान्छन्। अनि ती पोका सम्झँदै र हेर्दै हामी बितेका दिनहरू सम्झिरहेका हुन्छौं।

आज चैत्र २८ गते उसले हामीलाई छोडेर गएको पनि पाँच वर्ष पुगेछ। संगीत यात्रामा राम्रो कर्म गर्दै गरेको दुर्गा बाबुले आफ्ना सोलो एकल एल्बम बजारमा ल्याएको थियो भने खेलकुदमासमेत उसको उत्तिकै रुचि र क्षमता थियो। कसैकाप्रति भेदभाव नराख्‍ने र मनको सफा, बाेलीको विनम्रता, जिम्‍मेवारी पूरा गर्ने आदि सबै गुण उसमा थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एउटै व्याचको भर्ना अनि एउटै युनिटको बसाइ सँगै-सँगैको दैनिकी, मस्त हाँसो, होहल्ला अनि एक-आपसको आत्मीय झगडा, यी सबै याद अनि ती दिन त मानसपटलमा ताजा-ताजा नै छन्। ती यादहरू खासमा मेटेर मेटाउन सकिन्‍न। न त बिर्सन नै सकिन्छ। दिन, महिना, वर्ष बित्दै जाँदा उसले छोडेर गएको समय धेरै हुने छन्। तर, ती दिनका सम्झना र यादहरू उस्तै ताजा छन् अनि अविस्मरणीय छन्।

शैलेन्द्र र दुर्गाबाबु

उसले चर्को स्वरमा गाउँदा म झर्को मान्दै कराउँथे- कति हल्ला गर्छस्? ऊ भन्थ्यो- 'हल्ला होइन तँलाई मनोरञ्‍जन दिएको।' अब ती हल्ला हुन् वा मनोरञ्‍जन, सबै-सबै दूर भएका छन्। ती शब्द अब  प्रत्यक्ष सुनिने छैनन्। तर, उसले गाएका गीत हाम्रा लागि कर्णप्रिय छन्। उसका याद गर्ने माध्यम छन्। एक अब्बल अधिकृत स्वर्गीय दुर्गाबाबु पाठक गीत लेख्थ्यो, संगीत भर्थ्यो र स्वर दिन्थ्यो। यो सबै क्षमता भएका कारण २०६० सालमा चितवनमा सम्पन्‍न सिनर्जी राईजिङ स्टार प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो।

चितवनमै सम्पन्‍न आठौं कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिस्टको उपाधिसमेत प्राप्‍त गरेको थियो। उसका पक्षी र निन्द्रा लाग्दैन गरी दुई वटा एल्बमसमेत बजारमा आएका थिए। ऊ मेरो लागि खास थियो, आत्मीय थियौं। सबैसँग त्यो किसिमको आत्मीयता त कहाँ हुन्छ र! त्यस्तो आत्मीयताको लागि त नि:स्वार्थ मित्रता चाहिन्छ। ती सबै-सबै नै उसँग थियो र त खास थियो।

Xtrem
Xtrem

त्यसैले, फेसबुकका स्ट्याटसमा उसँगका स्मृतिका यादहरू पोखिए। अनि, तिनै यादहरूमा एकोहोरिएर शब्दमार्फत् अखबारका पानामा छापिए।अनलाइनका भित्तामा कोरिए। दीपकले भनेजस्तै पागलपन देखियो वा आत्मीय मान्छेलाई गुमाउनुपर्दाको पीडा र विछिप्‍तपन झल्कियो। आखिर जे भए पनि उसको संगीत कर्मलाई जीवन्त राख्‍ने प्रयास गरियो। 

यसमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सम्पूर्ण प्रशिक्षार्थीको उत्तिकै योगदान रह्‍यो। यसमा थप मूर्तरुप दिने कार्यमा साथी शोभाकान्त ढकाल उत्तिकै खटियो। यी सबै कुराहरू सम्झँदै जाँदा प्रत्येक वर्ष उसको पुण्यतिथिमा सम्झनाका शब्दहरू पोख्दै आएँ। ती याद र सम्झनाका फेहरिस्त लामो छ। तर, थोरै शब्दमा उतार्न थालेको पनि पाँच वर्ष बितेछ। ती यादहरू जति पनि छन्, रहिरहने छन्।

प्रत्येक वर्ष तिनै  दिनहरूलाई सम्झने मेसो त्यही कालो चैत्र २८ ले सम्झाइदिन्छ। सबै व्याचीहरू यसरी नै सम्झन्छन्। तर, सँधै यी पीडारुपी शब्दहरू मात्र किन? यस्तो प्रश्‍न पनि त उठ्न सक्छ, त्यसैले सोच्दै छु- अब लेखौं कि नलेखौं। तर, प्रत्येक वर्ष  पीडा बनेर पोखिन्छन् यादहरू! 

(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।)

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्