• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पीडा बनेर पोखिन्छन् यादहरू

शैलेन्द्र थापा शनिबार, चैत २८, २०७७  ०८:३२
1140x725

आज चैत्र २८ गते। फेरि पनि सम्झिएँ, एकै व्याचका प्रिय मित्र सशस्त्र प्रहरी निरीक्षक स्वर्गीय दुर्गाबाबु पाठकलाई। जसलाई हामीले २०७२ चैत्र २८ गते कर्तव्य पालनाको सिलसिलामा धादिङको मलेखुमा भएको अकल्पनीय सडक दुर्घटनामा गुमाएका थियौं।

उसको भौतिक शरीर हामीमाझ नभए पनि उसका संगीतलाई मर्न नदिनको लागि 'दुर्गाबाबु पाठक संगीत स्मृति पुरस्कार' स्थापित छ। जुन हरेक वर्ष नेपाल एपीएफ स्कुलमा संगीततर्फ प्रथम हुने एकजना विद्यार्थीलाई प्रदान गरिन्छ। जुन पुरस्कारको क्रम अनन्तकालसम्म रहने हाम्रो विश्‍वास छ।

यसका साथै उसको निधनपछि ती यादहरू समेटेर करिब एक दर्जन लेख लेखियो होला। जहाँ ती रमाइला दिनका थुप्रै कहानी समेटिए। फेसबुक स्ट्याटस लेख्दै जाँदा धेरै नै विछिप्‍तपन झल्किएछ क्यारे। व्याची दीपक कोइरालाले त एक पटक भनेको थियो- ए साथी ! यति पागल पनि नबन्‍न यार!

उसका संगीतललाई सम्झँदै स्मृति पुरस्कारको बारे विभिन्‍न छापा माध्यममा करिब १०० भन्दा बढी समाचार प्रकाशित भएछन्। जुन सम्मान हामीले दिनै पर्ने थियो। उसले भरेका संगीतका धुनहरू हाम्रा कानमा आज पनि गुन्जिरहेका छन्। ती गीतसंगीत अजर-अमर रहने छन्। हजुरको देशमा हजुरकै मर्जी म त हजुर दुइ दिनको पाहुना, उसकै गीत हो यो। हुन त हामी सबै यो धर्तीका पाहुना हौं। हामी सबैको जाने बाटो एउटै हो र जुन अकाट्‍य छ। यत्ति हो, कोही यसरी नै सम्झना र यादका थुप्रै पोकाहरू छोडेर जान्छन्। अनि ती पोका सम्झँदै र हेर्दै हामी बितेका दिनहरू सम्झिरहेका हुन्छौं।

आज चैत्र २८ गते उसले हामीलाई छोडेर गएको पनि पाँच वर्ष पुगेछ। संगीत यात्रामा राम्रो कर्म गर्दै गरेको दुर्गा बाबुले आफ्ना सोलो एकल एल्बम बजारमा ल्याएको थियो भने खेलकुदमासमेत उसको उत्तिकै रुचि र क्षमता थियो। कसैकाप्रति भेदभाव नराख्‍ने र मनको सफा, बाेलीको विनम्रता, जिम्‍मेवारी पूरा गर्ने आदि सबै गुण उसमा थियो।

Ncell 2
Ncell 2

एउटै व्याचको भर्ना अनि एउटै युनिटको बसाइ सँगै-सँगैको दैनिकी, मस्त हाँसो, होहल्ला अनि एक-आपसको आत्मीय झगडा, यी सबै याद अनि ती दिन त मानसपटलमा ताजा-ताजा नै छन्। ती यादहरू खासमा मेटेर मेटाउन सकिन्‍न। न त बिर्सन नै सकिन्छ। दिन, महिना, वर्ष बित्दै जाँदा उसले छोडेर गएको समय धेरै हुने छन्। तर, ती दिनका सम्झना र यादहरू उस्तै ताजा छन् अनि अविस्मरणीय छन्।

शैलेन्द्र र दुर्गाबाबु

उसले चर्को स्वरमा गाउँदा म झर्को मान्दै कराउँथे- कति हल्ला गर्छस्? ऊ भन्थ्यो- 'हल्ला होइन तँलाई मनोरञ्‍जन दिएको।' अब ती हल्ला हुन् वा मनोरञ्‍जन, सबै-सबै दूर भएका छन्। ती शब्द अब  प्रत्यक्ष सुनिने छैनन्। तर, उसले गाएका गीत हाम्रा लागि कर्णप्रिय छन्। उसका याद गर्ने माध्यम छन्। एक अब्बल अधिकृत स्वर्गीय दुर्गाबाबु पाठक गीत लेख्थ्यो, संगीत भर्थ्यो र स्वर दिन्थ्यो। यो सबै क्षमता भएका कारण २०६० सालमा चितवनमा सम्पन्‍न सिनर्जी राईजिङ स्टार प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो।

चितवनमै सम्पन्‍न आठौं कालिका म्युजिक अवार्डमा बेस्ट आर्टिस्टको उपाधिसमेत प्राप्‍त गरेको थियो। उसका पक्षी र निन्द्रा लाग्दैन गरी दुई वटा एल्बमसमेत बजारमा आएका थिए। ऊ मेरो लागि खास थियो, आत्मीय थियौं। सबैसँग त्यो किसिमको आत्मीयता त कहाँ हुन्छ र! त्यस्तो आत्मीयताको लागि त नि:स्वार्थ मित्रता चाहिन्छ। ती सबै-सबै नै उसँग थियो र त खास थियो।

त्यसैले, फेसबुकका स्ट्याटसमा उसँगका स्मृतिका यादहरू पोखिए। अनि, तिनै यादहरूमा एकोहोरिएर शब्दमार्फत् अखबारका पानामा छापिए।अनलाइनका भित्तामा कोरिए। दीपकले भनेजस्तै पागलपन देखियो वा आत्मीय मान्छेलाई गुमाउनुपर्दाको पीडा र विछिप्‍तपन झल्कियो। आखिर जे भए पनि उसको संगीत कर्मलाई जीवन्त राख्‍ने प्रयास गरियो। 

यसमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सम्पूर्ण प्रशिक्षार्थीको उत्तिकै योगदान रह्‍यो। यसमा थप मूर्तरुप दिने कार्यमा साथी शोभाकान्त ढकाल उत्तिकै खटियो। यी सबै कुराहरू सम्झँदै जाँदा प्रत्येक वर्ष उसको पुण्यतिथिमा सम्झनाका शब्दहरू पोख्दै आएँ। ती याद र सम्झनाका फेहरिस्त लामो छ। तर, थोरै शब्दमा उतार्न थालेको पनि पाँच वर्ष बितेछ। ती यादहरू जति पनि छन्, रहिरहने छन्।

प्रत्येक वर्ष तिनै  दिनहरूलाई सम्झने मेसो त्यही कालो चैत्र २८ ले सम्झाइदिन्छ। सबै व्याचीहरू यसरी नै सम्झन्छन्। तर, सँधै यी पीडारुपी शब्दहरू मात्र किन? यस्तो प्रश्‍न पनि त उठ्न सक्छ, त्यसैले सोच्दै छु- अब लेखौं कि नलेखौं। तर, प्रत्येक वर्ष  पीडा बनेर पोखिन्छन् यादहरू! 

(लेखक सशस्त्र प्रहरी निरीक्षक हुन्।)

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो बुधबार, माघ १४, २०८२
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश बुधबार, माघ १४, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध बुधबार, माघ १४, २०८२
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्