काठमाडाैं- नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दलबाट निष्कासन गरेको छ। राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ।
थापा र खड्का दुवै राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए। थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन्। थापा छ वर्ष र खड्का चार वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका थिए।
सर्वोच्चको फैसलापश्चात् थापा एमालेमा रहने निर्णय गरेका थिए। माओवादी केन्द्र छोडेका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ (१) अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरिएको हो।
यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी चार मन्त्रीलाई कारबाही गरेको थियो।
सांसद पद गुमे पनि छ महिना मन्त्रीमा रहन पाउने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।