काठमाडौं–गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका सांसद रामजी बरालले बताए।
मन्त्रीद्वयले बुधबार दिउँसो बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गर्ने उनले बताए। बैठकपछि उनीहरु दुवैले राजीनामा दिने सांसद बरालले जानकारी दिए।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।