काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले स्याङ्जा जिल्ला कमिटीलाई पूर्णता दिएको छ। आरसी भट्टराईको अध्यक्षतामा १५२ सदस्यीय कमिटी गठन गरिएको हो।
कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल क्षेत्री, सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा तीन जना चयन गरिएको छ। खड्कराज सुवेदी, सन्तोष केसी र टीकाराम नेपाली उपसचिव बनेका छन्।
पुनर्गठित समितिमा सबैभन्दा धेरै सदस्य चापाकोट नगरपालिकाबाट परेका छन्। चापाकोटबाट ३४ जना चयन भएका छन्। छवटा गाउँपालिका र पाँच नगरपालिका रहेको जिल्लामा सबैभन्दा कम जिल्ला सदस्य हरिनास गाउँपालिकाबाट समेटिएका छन्। हरिनासबाट तीन जना जिल्ला कार्यसमितिमा परेका छन्।
मुख्य तीन नगरपालिकामध्येको वालिङबाट नेपालपक्षीय कमिटीमा नाै जना परेका छन्। स्याङ्जा र गल्याङ नगरपालिकाबाट २१/२१ जना जिल्ला कमिटीमा परेका छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।