फाइल तस्बिर।
काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै शक्ति मिलेर कर्णाली सरकार अपदस्थ गर्न लागेको बताएका छन्।
‘सबै मिलेर अपदस्थ गर्ने स्थिति बन्यो भनेपनि हामी अपदस्थ हुँदैनौं’, मंगलबार रुकुममा भएको कार्यक्रममा उनले भने, ‘प्रमुख प्रतिपक्षका रूपमा जनताको साथमा बसेर केही समय भित्रै सरकार कब्जा गर्ने ठाउँमा हामी पुग्छौं।’
राष्ट्रिय रूपमा पनि माओवादी केन्द्र विजयी हुने उनले दाबी गरे। माओवादी केन्द्रको सरकार कर्णालीमा हटाउन कोशिस भएको उनले बताए। ‘हाम्रो नेतृत्वको सरकार बचोस् भनि म आफैं लागिरहेको छु। अहिले पनि छलफलमा छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।