काठमाडाैं- माधव नेपाल पक्षीय एमालेले बागमती प्रदेशका जिल्लाहरुमा समानान्तर कमिटी गठन गरेको छ।
बागमती प्रदेश कमिटी बैठकले जिल्ला इन्चार्जसहित नेतृत्व चयन गरेको हाे। काठमाडौं इन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ। काठमाडौं महानगरको इन्चार्जमा जीवनराम श्रेष्ठ र सह-इन्चार्जमा सुरेन्द्र पाण्डेय चयन भएका छन्।
देवशंकर पौडललाई रामेछाप, अरुण नेपाललाई सिन्धुपाल्चोक, कृष्ण खनाललाई चितवन, विरोध खतिवडालाई मकवानपुर, सोमप्रसाद मिश्रलाई भक्तपुर, कमजजंग राईलाई सिन्धुली र माधव अर्याललाई रसुवाको इन्चार्ज तोकिएको छ।
सिन्धुपाल्चोकको अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा चयन भएका छन्। ललितपुरको अध्यक्ष हरिकृष्ण थापा बनेका छन्। उपाध्यक्षमा कृष्णमान लामा, सचिवमा प्रेम महर्जन, उपसचिवमा तारा संजेल, ललितपुर महानगर अध्यक्षमा श्रीगोपाल महर्जन चयन भएका छन्।
नुवाकोटको अध्यक्षमा नारायण खतिवडा,उपाध्यक्ष वासु बढुवाल, सचिव वुद्धि प्रधान, उपसचिव विष्णु लोहनी बनेका छन्। काठमाडौं अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की, उपसचिव एलपी श्रेष्ठले जिम्मेवारी पाएका छन्।
काभ्रेको अध्यक्ष टोकबहादुर वाइबा चयन भएका छन् भने उपाध्यक्षको जिम्मेवारी तोकिएको छैन। सचिव दिपक गौतम बनेका छन् भने भक्तकुमार लामाले उपसचिवको जिम्मेवारी पाएका छन्।
मकवानपुरमा मुनु सिग्देल अध्यक्ष, बद्री लम्साल उपाध्यक्ष, विष्णु ढकाल सचिव, मिना लामा उपसचिव चयन भएका छन्।
चितवनको अध्यक्षमा तेजेन्द्र खड्का चयन भएका छन्। अन्य पद खाली राखिएको छ। धादिङमा शिवराज कंडेल अध्यक्ष, इन्दिरा ढुंगाना उपाध्यक्ष, सुभाव खतिवडा सचिव, शम्भु थापा उपसचिव चयन भएका छन्।
सिन्धुलीको अध्यक्ष सूर्य पाख्रीन भएका छन्। उपाध्यक्ष, सचिवमा क्रमशः चित्रबहादुर लुमेली र तारानिधी पोखरेललाई जिम्मेवारी दिइएको छ। रसुवामा अध्यक्ष सचिव मात्रै तोकिएको छ। अध्यक्षमा पेम्बा तामाङ छन् भने सचिव शिव लामिछाने चयन भएका छन्।
रामेछापामा शान्ति पौडेल अध्यक्ष र ज्ञानकुमार श्रेष्ठ सचिव बनेका छन्। अन्य पद खाली राखिएको छ। भक्तपुरमा रजन केसी अध्यक्ष र अनिल श्रेष्ठ सचिव चयन भएका छन्।
दोलखामा अध्यक्ष, उपाध्यक्ष सचिवमा क्रमशः भीम दहाल, भुवन केसी, प्रोणप्रताप केसी चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।