बुटवल- राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले पद शक्तिका लागि एमसीसी लागू गरेर केही नेताहरुले देशलाई खाडलमा हाल्न खाेजेकाे आराेप लगाएका छन्।
बुटबलमा मंगलबारदेखि सुरु भएकाे चाैथाे राष्ट्रिय सम्मेलनकाे उद्घाटन गर्दै अध्यक्ष केसीले उक्त आराेप लगाएका हुन्।
'५५ अर्वकाे लाेभमा देशलाई खाल्डाेमा हाल्ने याेजना बनाइँदै छ। देशमा कराैडाैं रकम भष्ट्राचार भइरहेकाे छ। यसविरुद्ध लड्न सबै एक ढिक्का हुनुपर्छ,' उनले भने।
उनले भारत र चीनलाई कम्फर्टटेवल हुने सरकार बनाउन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दाउपेज खाेलेकाे भन्दै पद र कुर्चिकाे लडाइँले देश खतरामा रहेकाे समेत उल्लेख गरे।
'आलाेपालाे सरकार चलाउने नीति ७० वर्ष देखि चल्दै आएकाे छ । पद कुर्चिकाे लडाइँले गर्दा देशलाई प्रतिगमनकाे खाल्डाेमा हाल्ने काम उनले गरे,' अध्यक्ष केसीले भने।
रूपन्देहीको बुटवलमा आजबाट सुरू भएकाे राष्ट्रिय सम्मेलनको लागि देशका ७० जिल्लाहरूवाट प्रतिनिधिहरू आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।