काठमाडाैं- नेकपा (माओवादी केन्द्र)बाट संघीय मन्त्रिपरिषद्मा रहेका चारजना मन्त्रीलाई दलबाट हटाइएको छ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई दलबाट हटाएको पत्र संसद् सचिवालयमा दर्ता गरिएको छ।
एमालेको राजनीतिमा संलग्न भएको, उक्त दलको केन्द्रीय सदस्य स्वीकार गरेको, मन्त्रिपरिषद्बाट फिर्ता आउन भनी पार्टीले दिएको निर्देशन पालना नगरेको लगायतका कारण देखाई साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको पत्रमा उल्लेख छ।
पार्टीले निष्कासन गरेपछि उनीहरुको सांसद पद गुम्नेछ। सांसद पद गुमे पनि छ महिनासम्म मन्त्री पदमा रहन पाउने व्यवस्था छ।
खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा सांसद् नभए पनि वर्तमान सरकारमा छन्।




(नोट: यसअघि भूलबस गृहमन्त्री रामबहादुर थापाको नामसमेत परेकोले सच्याइएको छ। सं.)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।