फाइल तस्बिर
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधानले हिँड्न भनेको बाटो हिँड्नु नै वाञ्छनीय हुने बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई संविधानसम्मत तरिकाले अघि बढ्न सुझाव दिएका हुन्।
'सरकार हटाउनका लागि पनि संविधानले प्रस्ट बाटो देखाइदिएको छ। त्यसैले अन्यथा बाटोभन्दा संविधानले जुनजुन बाटो हिँड्न भनेको छ। त्यही बाटोमा हिँड्नु वाञ्छनीय हुन्छ,' उनले भने।
ज्ञवालीले वर्तमान सरकार बन्दा नेकपा एमालेलाई माओवादी केन्द्रले समर्थन गरेको स्मरण गराए। विश्वासको मत लिएको संविधानको धारा ७६ (२) को सरकार हो भन्ने तथ्यलाई स्मरण गराउँदै उनले सरकार संविधानसम्मत् ढंगले नै चलिरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।