काठमाडौं–आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’मा स्कटल्यान्डले इटालीलाई २०८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको उच्च स्कोर बनाउन ओपनर जर्ज मुन्सीले आक्रामक अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले २ छक्का र १३ चौका हान्दै ८४ रनको पारी खेले ।
टस हार्दै ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ रन ७ बनायो ।
यस्तै ब्रान्डन म्याकमुलेनले अविजित ४१ रन बनाउँदा माइकल जोन्सले ३० बलमा ३७ रन बनाए । माइकल लिस्कले मात्र ५ बलमा २ छक्का र २ चौका हान्दै २२ रन बनाउँदा रिची ब्यारिन्टनले १५ रन जोडे ।
बलिङमा इटालीका अली हसन, ग्रान्ट स्टवार्ट, थोमस ड्राका र जेजे स्मिथले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।