काठमाडाैं- नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले एमसीसीलगायतका सम्झौताहरु किन अघि बढेन भनी प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले किन संसद्लाई क्रियाशील गराएन भनी प्रश्न गरेका हुन्।
‘प्रतिनिधिसभा पुन:स्थापना भएको एक महिना पुगेको छ। संसद्मा बिजनेस छैन, तर संसद्मै विचाराधीन एमीसीसीलगायत आठवटा अन्तर्राष्ट्रिय सम्झौता किन रोकियो?, ’ उनले भने ‘हप्ताको एक दिन होइन दिनको आठ घन्टा चलाउने गरी काम ल्याउन आग्रह गर्दछु्।’
प्रतिनिधिसभाको अहिलेको गतिले हाम्रो क्षमता कहाँ छ? भन्ने प्रश्न उठेको उनले बताए। संसद् पुन:स्थापना भए पनि समितिमा विचाराधीन विधेयकहरुमा छलफल नभएको भन्दै उनले कसका कारण रोकिएको हो त्यो खुलाउन जरुरी रहेको माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।