• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
काठमाडौं-तराई फास्ट ट्र्याक विवाद 

लेखा समितिमा सांसदहरूको प्रश्न- एउटै मात्र ठेकेदार कम्पनी कसरी छनोट भयो? 

64x64
नेपाल लाइभ बिहीबार, चैत १९, २०७७  १९:५३
1140x725

काठमाडौं- ससद्को सार्वजनिक लेखा समितिमा सांसदहरूले काठमाडौं-तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माण सम्बन्धी कार्यमा सीमित ठेकेदार कम्पनी मात्र छनोट हुने अवस्था कसरी सिर्जना भयो भनि प्रश्न उठाएका छन्। 

दुई प्याकेजमध्ये दोस्रो प्याकेजको 'प्रि-क्वालिफिकेसन' प्रक्रियामा एउटा मात्र चिनियाँ कम्पनी छनोट भएको पाइएपछि लेखा समितिले नौ प्रश्न उठाएको हो। समितिको बिहीबारको बैठकमा बोल्ने अधिकांश सांसदहरूले पनि यही जिज्ञासा राखेका थिए। सांसदहरूले छलफलका क्रममा नेपाली सेनालाई व्यवसायमुलक बनाउनेतर्फ अग्रसरता हुन लागेको भन्दै अब सोच्नुपर्ने समय आउन लागेको टिप्पणी समेत गरे।

बिहीबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि-क्वालिफिकेसनको नतिजा निकालिएकोमध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्ध गरी पुनः प्रि-क्वालिफिकेसन प्रक्रिया शुरु गर्न निर्देशन समेत दिएको छ। 

नेपाली सेनाले दोस्रो प्याकेजअन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि-क्वालिफिकेसनमा छनोट गरेको थियो। 

कसले के भने? 
मोहमद ईस्तियाक  राई 
शुरुदेखि नै नेपाली सेनालाई विवादमा ल्याउनु गलत हो। सेनाले पनि आगामी दिनमा यस्ता ठेक्काहरू लिँदा सचेत हुनुपर्छ। यहाँको छलफल हेर्दा न समितिले वास्तविक सोध्यो न जवाफ त्यस्तो आयो भन्ने देखियो। यो ठेक्कामा सार्वजनिक खरिद ऐनले ठूला र जटिल आयोजना सीमित ठेकेदार कम्पनीलाई छनोट गरेर दिन पाइँदैन भन्छ। तर, सेनाले गर्न पाउँदैन भन्नु भयो। यो सार्वजनिक खरिद नियमावली मिचेर गरेको देखियो। यस बारेमा छानबिन गर्न उपसमिति बनाउन जरुरी छ। यदि सीप वा ज्ञान नभएको  कम्पनी हो भने यो काम गर्न सक्दैन। सिधै छनोट गर्ने मापदण्ड गलत छ। अबिलम्व उपसमिति बनाऔं। अनि, निर्देशन दिन उपयुक्त हुन्छ। 

मिना सुब्बा 
सेनालाई विवादमा ल्याउनु हुँदैन। चीनका दुईवटा मात्र ठेकेदार कम्पनीले पाएको कार्य आपरदर्शी भएको देखिन्छ। एकै किसिमको कामका लागि अर्काे चिनियाँले किन पाएन? चीनको उक्त कम्पनी विश्वमै सूचीमै नभएको ठेकेदार भनिन्छ यथार्थ के हो? ठेकेदार कम्पनी छनोटमा सेनाले गलत त गरेन? किन यो कम्पनीको छनोट भयो? 

प्रदीप यादव
एउटै कम्पनी एक ठाउँमा पास र अर्काेमा फेल गराइएको छ। दुईवटा ठेक्कामा भाग लिएकोमा पहिलोमा सफल र दोस्रो ठेक्कामा किन त्यही कम्पनी फेल गराउँदै एउटा ठेकेदार कम्पनीलाई दिइयो? 

तेजुलाल चौधरी
केही वर्षदेखि सेना विवादमा आइरहेको छ। कोरोनादेखि फास्ट ट्र्याकमा सेना विवादमा परेको देखिएको छ। नेपाली सेनाको जुन पेशा हो, त्यही लगाउँदा राम्रो हुन्छ। फास्ट ट्र्याकको विषयमा समितिले छानबिन गर्नु पर्छ। एउटै कम्पनी पहिलो  ठेक्कामा पास हुने र अर्काे नहुने हुँदैन। उपसमिति गठन हुनपर्छ। अहिले चलेको प्रक्रिया रोक्नुपर्छ। यदि समितिले रोक्न सकेन भने यो नजीरको रूपमा लागू हुने देखिन्छ। 

Ncell 2
Ncell 2

मोहन आचार्य
बिडिङको कुरामा अलि मिलेको देखिएन। कममात्र ठेकेदार कम्पनीलाई प्रतिस्पर्धा नगरी दिनु हुँदैन। नागरिकको करबाट बन्ने यस्तो आयोजनामा प्रतिस्पर्धा हुनु पर्छ।  एउटा मात्र कम्पनी हुँदा प्रतिस्पर्धा नभएको देखिन्छ। दुई नम्बर प्याकेजमा आर्थिक प्रतिस्पर्धा नहुने देखिन्छ।

विरोध खतिवडा 
प्याकेज १ र २ मा को योग्य र कसरी अयोग्य भए भन्ने प्रश्नको कुरा आएको छ। ठेक्का दिँदा केही प्रतिशत बचाउन सकिन्छ तर, एउटा मात्र ठेकेदार कम्पनीले ठेक्का हालेपछि कमी गरेर स्वीकृत गर्ने सम्भावना छ कि छैन? अझै प्रतिस्पर्धातिर हुनुपर्ने हो कि होइन? यो परम्परा बस्यो भने एक वा दुईवटाले मात्र ठेक्का पाउने र घोटाला गर्ने परम्पराको शुरूआत हुनेछ। आज सेनाले गर्न हुने, भोलि अरुले किन नहुने भन्ने प्रश्न उठ्ने देखिन्छ। 

राजनकुमार केसी 
ठेक्का प्रक्रिया कसरी पारदर्शी बनाउने काम लेखा समितिको हो। प्रतिस्पर्धा किन भएन? एकल मात्र भयो भन्ने कुरामा जवाफ दिनुपर्‍यो। सेनाप्रति अगाध विश्वास र भरोसा रहेको छ। सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया हो कि होइन? प्रतिस्पर्धा हुँदा कम गराउन सकेर प्राप्त हुने पैसा गुमाउनुपर्ने अवस्था छ कि छैन? 

सूर्य पाठक 
४३ वटा कम्पनीबाट मात्र लिँदा न्यूनतम हुन्छ कि हुँदैन? यो सबै विषयमा गम्भीर अध्ययन जरुरी देखिन्छ। संसद्को अर्काे समितिले पनि छानबिन गरिरहेको छ।  लेखा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयका मानिसहरूसँग पनि छलफल गर्न उपयुक्त देखिन्छ। 

मैनाकुमारी भण्डारी
नियमसंगत रूपमा काम होस्। जनताको कर दुरुपयोग वा अनियमितता हुने कार्य नेपाली सेनाबाट हुनु हुँदैन।  

चन्दा चौधरी 
छलफलमा लेखा समितिले उठाएका धेरै प्रश्नको जवाफ आएन। एउटा मात्र कम्पनीलाई ठेक्का दिने कुरा कानुनले मिल्दैन। यो सिधै अनियमिताको आशंकातिर जान्छ। सार्वजनिक खरिद ऐनले कम्तिमा तीनवटा हुनुपर्छ भन्छ। राज्यको ढुकुटी बचाउने काम सेनाको पनि हो। यो रद्ध गरेर तीन/चार वटा कम्पनीलाई प्रतिस्पर्धामा ल्याउन समितिले निर्देशन दिनुपर्छ। 

मिनेन्द्र रिजाल 
यसमा थप अध्ययन आवश्यक देखिन्छ। समिति गठन गरेर अध्ययन गर्ने पक्षमा म थप उत्साही छैन। काम रोक पनि नभन्ने तर, काम अघि बढ्दा सच्याउन नसकिने अवस्थामा जान्छ भने रोक्नपर्ने हुन सक्छ। लेखा समितिले छलफल गर्न नराम्रो मान्न जरुरी छैन। अनियमतिताको विषयमा छलफल गर्दा सेनाको तेजाबोध हुँदैन। सेना देखाएर हेर्न पाउँदैन भन्न खोजिएको हो भने त्यो गलत हो।  सेनाको भूमिका के हो भन्ने सोच्नुपर्ने भएको छ। सेनालाई विकासमा ल्याएर विवादमा राख्नु हुँदैन।  

भरतकुमार शाह (सभापति, लेखा समिति)
सेनाले संसद्‌बाट बनेको सार्वजनिक खरिद सम्बन्धी कानुन लागू गर्दैन भने अरुले कसरी गर्छ त? अहिलेसम्म स्वीकृति नदिएको भनेर खरिद अनुगमन कार्यालयले जवाफ दिएको छ। तर, यसरी ठेक्कामा जाँदा त सिधै अनियमितता हुने देखिन्छ। सार्वजनिक खरिद ऐन त प्रतिस्पर्धा गराउन भन्छ तर, सिधै छनोट कसरी गर्नु भयो? 

रेश्मीराज पाण्डे (रक्षा सचिव)
सेनाले लक्ष्य अनुसार काम गरिरहेको छ। कोरोना महामारीका कारण समस्या भएको हो। चालु आर्थिक वर्षमा तीन वटा सुरङमार्ग बनाउन ४३ कम्पनी थिए। फागुन ४ मा अन्तर्राष्ट्रिय टेन्डर भएको छ। ११ प्याकेजमा काम हुने तयारी भएको छ। सार्वजनिक खरिद ऐन अनुसारको कार्य गर्दै आएको छ। यसअघि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विस्तृत छलफल गरि अघि बढ्न निर्देशन दिएको थियो। 

यसअघि लेखा समितिले ११ प्रश्नको उत्तर सोधेको थियो। हामीले त्यसको उत्तर दिएका छौं। नेपाली सेनालाई यो राष्ट्रिय गौरवको आयोजना ढिलाइ गर्न छुट छैन। पुनरावलोकन खरिद समितिमा नगएर सेनाको तेजोबोध गर्न विभिन्न स्थानमा उजुरी गरिएको छ। सेनालाई विवादमा ल्याउन र तेजबोध गर्नका लागि संसद्को विभिन्न समिति र अन्य स्थानमा ठेक्का नपाएका ठेकेदार कम्पनीले उजुरी गरेका हुन्। 

आयोजना प्रमुख, विकास पोखरेल (सहायक रथी)
सार्वजिनक खरिद ऐन अनुसार नै सबै प्रक्रिया गरिएको छ। कोरोनाका कारण काम रोक्न बाध्य हुनपर्ने भएपछि म्याद थप भएको हो। २१ कम्पनीले पहिलो प्याकेज र दोस्रोमा २२ कम्पनीले प्रस्ताव पेश गरेका थिए। ढाँचाभन्दा बाहिर गएर गरेका छैनन्। सबै योग्यता पुगेकालाई छान्नुपर्ने उल्लेख भए अनुसार गरिएको छ। मापदण्ड पूरा नभएका कम्पनीलाई सूचीकृत नै गरिएको छैन। खोकना विवाद अन्तय, कोरोना महमारी अन्त्य र बजेटको सुनिश्चितता भएमा हामी समयमै काम सम्पन्न गरेर हस्तान्तरण गर्नेछौं। विशेष र जटिल भनेर खरिद अनुगमन कार्यालयले भनेको छैन। त्यसैले हामीले नै सूचीकृत गरेर दिएका हौं।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो । बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने निगमले बुधबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय स्तरमा देखिएको समस्याका कारण भविष्यमा पर्न सक्ने सम्भावित प्रभावबाट बच्न पूर्वसावधा... बुधबार, फागुन २७, २०८२
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक सञ्जालकाे प्रयोग गर्... बुधबार, फागुन २७, २०८२
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्