काठमाडौं–प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्दै छ। यसअघिको बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको छ।
आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी तथा संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।
यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने कार्यसूची छ।
आजको सम्भावित कार्यसूची

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।