• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यस्ता छन् घनश्याम भुसालमाथि लगाइएका ४ आरोप र आरोपमाथिका प्रतिवाद

64x64
नेपाल लाइभ मंगलबार, चैत १७, २०७७  १५:११
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले चैत ८ गते घनश्याम भुसाललाई स्पष्टीकरण पत्र लेखे। जहाँ चार बुँदामा प्रश्न गरिएका छन्। भुसालले सुरुमा त्यसको प्रतिउत्तर दिएनन्। भुसालका अनुसार उनले त्यसको उत्तर लेखिरहन आवश्यक ठानेनन्। सोधिएको स्पष्टीकरण दिनुपर्ने उनलाई लाग्दै लागेन।

त्यसपछि सोमबार फेरि उनलाई स्पष्टीकरणका लागि ताकेता गरियो। भनियो, 'तपाईं, धनश्याम भुसाललाई पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार मिति २०७७। १२। ०८ मा पार्टीको तर्फबाट ३ (तीन दिन भित्र स्पष्टीकरण पेश गर्नुहोला भनी स्पष्टीकरण माग गरिएकोमा तपाईंको यस अवधिमा स्पष्टीकरणको जवाफ प्राप्त भएन। सोही स्पष्टीकरण पत्रको व्यहोरामा आधारित भई यो पत्र प्राप्त गर्नु भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नहुन पुनः ताकेता गरिएको छ। अन्यथा पार्टी विधान बमोजिम भइ जाने व्यहोरा समेत समयमै जानकारी गराइन्छ।'

त्यसपछि भुसालले मंगलबार स्पष्टीकरण नभइ आफूमाथि लगाइएका आरोपको खण्डन पत्र लेखे। स्पष्टीकरण दिन योग्य नरहेको ठहर्‍याएका उनले आरोपका विषयमा लेखे, 'तपाईंले लगाउनुभएका आरोपहरु कति पूर्वाग्रही छन् र दाबीहरु झुठा छन् भन्ने जानकारी गराउन पत्र लेख्दैछु।'

पत्रपछि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चाल्ने सम्भावित कदम र त्यसको परिणाम समेत भोग्न तयार भएर उनले उक्त पत्र लेखेका हुन्। पत्रको 'तपाईंका आरोप बनावटी छन्' उप-शीर्षकमा उनले आफूलाई सोधिएका चारवटै प्रश्नको उत्तर दिएका छन्। 

पहिलो प्रश्नमा आफ्ना रहस्यपूर्ण कृत्यहरू ढाक्न लगाइएको आरोप
बुँदागत रुपमा उनीमाथि लगाइएको आरोपमध्ये पहिलो थियो, 'तात्कालीन नेकपाको कार्यकारी अध्यक्षले ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न  लागेको र  पुष्पकमल दाहालको मतियार समेत भई पार्टीहित विपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो?’

यसरी आरोपित गरिएको घटनामा आफ्नो कुनै संलग्लता नभएको भुसालले बताएका छन्। आफ्नो  संलग्नता नभएको भन्ने अध्यक्ष ‌ओली र उनका गुटका धेरैलाई जानकारी भएको भुसालले अवगत गराएका छन्। उनको भनाइ छ,  'अहिले मेराविरुद्ध प्रचारको सामग्री बनाउन जानाजान यो कथा बुनिएको छ, त्यसैले त्यो मेरा विरुद्धको निर्वस्त्र षडयन्त्र हो। तपाईंले पार्टी स्थायी कमिटीको बैठकलाई अपमान गरेपछि, तपाईंसमेत स्थायी कमिटीले गरेको सर्वसम्मत निर्णयलाई उल्लंघन गरेपछि, सचिवालयको बैठक डाक्नसमेत नमानेपछि सचिवालयका कमरेडहरुले त्यो प्रस्ताव ल्याउनु भएको थियो। त्यसलाई पार्टीको बैठकमा छलफल गरौँ भन्ने मेरो माग थियो।

यस विषयमा उनले  त्यो प्रस्ताव ‘अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण’ नै लागेको थियो भने औपचारिक बैठकमा छलफल गर्नसमेत किन इन्कार गरिएको हो भन्ने रहस्य अझै नखुलेको बताएका छन्। उनले थपेका छन्, 'अझ रहस्यमय त के छ भने भदौ २६ गतेको स्थायी कमिटी बैठकले पाँच वर्षसम्म तपाईं नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म तपाईं नै अध्यक्ष रहने, तपाईंले गर्ने ठूला निर्णयहरुमा सचिवालयको सहमति लिने भनेर गरेको निर्णयसमेत इन्कार गरेर तपाईंले प्रतिनिधि सभा विघटन गर्नु भयो। आफ्ना रहस्यपूर्ण कृत्यहरु ढाक्न तपाईंले अरुमाथि जथाभावी आरोहरु लगाउन थाल्नुभयो। त्यही मेसोमा तपाईंले मलाईसमेत आरोपित गर्नु भएको हो भन्ने मेरो दाबी छ।'

दोस्रो प्रश्नमा आरोप नभइ सत्य भएको प्रष्टोक्ति 
दोस्रो प्रश्नमा उनले आफ्नाविरुद्ध कङ्गारु अदालतका न्यायाधीशको प्रश्न भन्दै व्यंग्य गरेका छन्। उनीमाथि गरिएको प्रश्न छ, ‘पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत्र ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको....समानान्तर सङ्गठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाइ किन?’

nimb
nimb
Ncell 2
Ncell 2

यो प्रश्नमा उनका प्रशस्त प्रतिप्रश्न छन्। आफूले उक्त राष्ट्रिय भेला गर्न आफूले अग्रसरता लिएको कुरा त्यसमा रहेको संलग्ताले नै स्पष्ट पार्ने भन्दै आरोप नभइ सत्य रहेको बताएका छन्। उनले उक्त भेलाको अगुवाइ गर्न पाउनुमा गर्व रहेको संकेत गर्दै भनेका छन्, 'पार्टीको झण्डा झुक्न नदिन देशभरीबाट आएका करिब साढे चार हजार कमरेडहरुलाई यसै पत्रमार्फत् फेरि धन्यवाद भन्न चाहान्छु। त्यति महत्वपूर्ण भेलामा जति योगदान गर्नुपर्ने थियो त्यति गर्न नसकेको कुरा सविनय उल्लेख गर्न चाहान्छु।'

सर्वोच्च अदालतको फागुन २३, २०७७ को निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई बनेको साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक एकीकरणको प्रक्रियालाई उल्ट्याएर ती दुवै पार्टीलाई एकीकृत हुनुभन्दा अगाडिको अवस्थामा पुर्‍याएपछि वस्तुगत तथा तार्किक हिसाबले पनि नेकपा (एमाले) २०७५  जेठ २ गतेको अवस्थामा पुगेको अवगत गराएका छन्।

त्यसको अर्थ त्यस दिनसम्म निर्वाचन आयोगमा अद्यावधिक पार्टीको सम्पूर्ण संरचनाबाट पार्टी जीवन अगाडि बढाउने भन्ने नै रहेको उनको बुझाइ छ। तर, यस तथ्यलाई अस्वीकार गर्दै गत फागुन २८ गते तपाईं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहले बालुवाटारमा आयोजित एउटा भेलालाई पार्टी केन्द्रीय कमिटीको बैठक भनेर गरिएका तथाकथित निर्णयहरू पार्टीको लोगो भएको लेटरहेडमा प्रकाशित भएपछि ओली पक्ष योजनावद्धरुपमा नेकपा (एमाले) लाई विभाजित गर्न लागेको प्रमाणित भएको उनको ठम्याइ छ। 

उनको भनाइ छ, 'त्यस अवस्थामा पार्टीको वैधानिक व्यवस्थाको पक्षमा उभिनु हरेक पार्टी सदस्यको दायित्वभित्रै पर्ने हुँदा चैत्र ४ र ५ गते राष्ट्रिय भेला गरिएको हो। चौंथो, पार्टी केन्द्रीय कार्यालयमा चैत्र १ गते भएको छलफलमा तपाईंहरुसँग फागुन २८ गतेको तपाईंहरुको गुटको भेला फिर्ता लिनुस् हामीले राष्ट्रिय भेला गर्दैनौँ भन्ने हाम्रो प्रस्तावलाई तपाईंहरुले इन्कार गरेपछि हाम्रो भेला स्वतः वैधानिक हो भन्ने मेरो दाबी छ। पाँचौँ, उक्त भेलाको मूल नारा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ थियो भन्ने कुरा दुनियाँलाई जानकारी छ। साथै, त्यस भेलाले देशभरीका नेकपा एमालेका सङ्गठनहरुलाई २०७५ जेठ २ गतेकै अवस्थामा ब्युँझाउने निर्णय गरेको छ र उक्त निर्णय अदालतको फैसलाको कार्यान्वयन गर्नका लागि गरिएको हो। यसरी, २८ फागुनको भेला अवैधानिक रुपमा पार्टी कब्जा गर्ने उद्देश्यले एउटा गुटले गरेको भेला हो, समानान्तर गतिविधि हो, जबकि चैत्र ४ र ५ गतेको भेला पार्टीको आधिकारिक भेला हो भन्ने कुरा स्वतः प्रमाणित छ।'

तेस्रो प्रश्नमा उल्टै ‌ओलीले गुट भेला गरेको आरोप
उनीमाथि लगाइएको तेस्रो आरोप छ-  ‘सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीका दशौँ, एघारौँ र बाह्रौँ बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित किन नभएको?

उनले यसको प्रतिउत्तरमा उक्त बैठक नभएर ओली गुटको भेला भएको बताएका छन्। भनेका छन्, 'गुटले गरेका कुनै पनि भेला गुटकै भेला हुन्छ। गुटका भेलाको सङ्ख्या बढाएपछि अर्थात् कुनै गुटले बैठकहरु गरिरहेपछि कुनै दिन त्यो गुट आफैं पार्टी बन्छ वा गुटको बैठक पार्टीको बैठक हुन्छ भन्ने तपाईंहरुको दाबीलाई आधुनिक विधिशास्त्रले मान्दैन। त्यसले त गुटको सक्रियतालाई मात्रै बताउँछ। किनकी, पार्टी र गुटको वैधता फरक–फरक हुन्छन्। गुटले स्वार्थ समूहका हितलाई बताउँछ, निहित स्वार्थको भागबण्डाका गतिविधिलाई बताउँछ भने पार्टीले सार्वजनिक अधिकार र कर्तव्यबारे निश्चित विचारका आधारमा विधिवत् गठित/सञ्चालित समूहलाई बताउँछ। तपाईंको समूह पार्टीको परिभाषाभित्र नपर्ने हुँदा त्यो केवल गुट हो भन्ने स्पष्ट छ।'

उनले संसदीय दल वैधानिक दल रहेको बताउँदै त्यो संविधान कुल्चेर गरिएको विघटनपछि सर्वोच्च अदालतले ब्युँताएको वैधानिक संस्था भएको उल्लेख गरेका छन्। त्यसैले त्यहाँ उपस्थित नहुने प्रश्नै नरहेको भनाइ छ। उनको थप भनाइ छ, 'संसदीय दलको पहिलो बैठकमा हामी राष्ट्रिय भेलामा व्यस्त भएका कारणले र दोश्रो बैठकमा संसदीय दलको कार्यालयमा बैठक गरियोस् भन्ने मागलाई प्रदर्शित गर्न मात्रै अनुपस्थित हुनु परेको तथ्य सबैलाई जानकारी छँदैछ। तेश्रो, संसदीय दलको विधान पार्टी केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुन्छ भन्ने पार्टी विधानको व्यवस्था छ। तर, तपाईंले २८ गते गरेको गुट भेलाका जगमा आयोजना गर्नु भएको चैत्र ७ गते अर्को भेलाको निर्णयअनुसार संसदीय दलको विधान पारित गरिएको भनेर प्रचार गर्नु भएको हुँदा अब तपाईं आफैंले संसदीय दललाई समेत विभाजन गर्न थाल्नु भएको देखिन्छ।'

चौंथो प्रश्नमा उत्तर : अपराध कर्मको असफलताको पीडा 
पत्रको चौंथो बुँदामा आफ्नाविरुद्ध लक्षित निन्दात्मक भाषा र अर्थले स्वयं ओली पक्षका नेताहरुको व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाउने भुसालले उल्लेख गरेका छन्।

चौंथो बुँदामा उनीमाथि प्रयोग भएका भाषाका केही उदाहरण यस्ता छन्ः ‘पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको’, ‘पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको’, ‘अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको/उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरित काम गरे/गराएको’ आदि।'

उनले यस्ता आरोपहरु या त कुनै अपराध कर्मको असफलताको पीडाले छटपटाइरहेको आवेगमा लगाइएको बताएका छन्। भुसालले हरेक मानवीय मूल्यसमेत किनबेचको माल बनाउन सक्ने दलाल पुँजीवादको असली सन्तानले आफ्नाविरुद्ध ती आरोपहरु लगाएर अरु कसैलाई खुशी पार्न गरेको कसरत भनेका छन्।

उनको व्यंग्य छ, 'मेरो कामना के छ भने त्यो दुवै नहोस्, केवल तात्कालीक असावधानीपूर्ण आवेगवश हुन गएको त्रुटी होस्। तर, आरोपका रुपमा तपाईंले पेश गरेपछि तिनको पुष्टि तपाईंले नै गर्नु पर्छ।' यसप्रकारका आरोपहरु किर्ते, बनावटी र दुराशयपूर्ण भएको बताउँदै स्पष्टीकरणका लागि समेत अयोग्य रहेको भुसालले दोहोर्‍याएका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १५:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
सम्बन्धित सामग्री
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किन... शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले... शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ:  संसद् का... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्