फाइल तस्बिर
काठमाडाैं- एमाले नेता घनश्याम भुसालले आफूलाई सोधिएको स्पष्टीकरणको प्रतिवाद गरेका छन्।
चैत ८ मा महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको प्रतिवाद गर्दै नेता भुसालले उक्त स्पष्टीकरणपत्र जवाफयोग्य नभएको बताएका छन्। प्रत्युत्तरमा उनले भनेका छन,‘तपाईंले पठाउनुभएको मिथ्या पत्रको बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन। कुनै उत्तर समेत लेख्न जरुरी छैन।’
नेता भुसालले सोधिएको स्पष्टीकरण प्रक्रियालाई नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैविरुद्ध सुनियोजित रुपले लक्षित गरिएको 'कंगारु अदालत न्याय प्रक्रिया'को उपमा दिएका छन्।
भुसालले अध्यक्ष केपी शर्मा ओलीप्रति आलोचना गर्दै भनेका छन्, ‘तपाईं त्यही कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष र प्रमाणित छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।