फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद संसदीय दलको बैठकमा उपस्थित हुनुलाई नयाँ घटनाका रुपमा चित्रण गरेका छन्। संसदीय दलको बैठकमा बोल्दै उनले यसले परिस्थिति पनि नयाँ सिर्जना गरेको बताएका छन्।
संसदीय दलमा प्रधानमन्त्री ओलीको भनाइलाई उद्धृत गर्दै एमाले सांसद योगेश भट्टराईले भने, 'उहाँले हाम्रो सहभागितालाई नयाँ घटनाका रुपमा चित्रित गर्नुभयो। भन्नुभयो- आज नयाँ घटना घट्यो। अस्ति बैठकमा भाग लिन नआउनुभएका साथीहरु आउनुभयो। यसले नयाँ परस्थिति सिर्जना भयो।'
नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने निर्क्योल निकाल्दै संसदीय दलको बैठकमा उपस्थित हुने निर्णय गरेको थियो। अदालतले फेरि एमाले बनाएपछि उक्त समूह बैठकमा सहभागी भएको थियो। बैठकमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले आफ्ना धारणा राखेका थिए।
आफूले बैठकमा राखेको कुराबारे जानकारी दिँदै भट्टराईले भने, 'जसरी पार्टीको संसदीय दल पूर्ववत् अघि बढ्यो। अरु कमिटीमा पनि त्यसरी नै फर्कियौं भनेर हामीले भनाइ राख्यौं। देशकै अभिभावक प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुनुको नाताले तितामीठा कुरा बिर्सौं भन्यौं।'
त्यसले सरकारको स्थायित्व हुने, जनमतको कदर र संविधानको रक्षा हुने उनीहरुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।