काठमाडाैं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका छन्।
शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाल र रावलमाथि कारबाही अघि बढाउने संकेत गरे।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले दुवै नेताले दिएकाे स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाहीयोग्य भएको प्रधानमन्त्रीले बताएको जानकारी दिए।
चैत ७ गते बसेको एमाले संसदीय दल (ओली पक्ष) को बैठकले नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यी चार नेताले बिहीबार स्पष्टीकरण पत्र बुझाएका थिए।
स्पष्टीकरण पत्रमा अध्यक्ष ओलीलाई नै विभिन्न प्रश्न गरिएको थियो। नेता नेपालले ओलीले पार्टीलाई फुटको डिलमा पुर्याएको आरोप लगाएका थिए। फागुन २३ गतेको सर्वाेच्च अदालतको फैसलापछि ब्युँतिएको एमाले फुटको संघारमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।