काठमाडौं- नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टीका सबै गतिविधि २०७५ जेठ २ गतेकै अवस्थाबाट गरिनुपर्ने बताएका छन्।
उनले यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने बताए। उनले केन्द्रीय कमिटी सदस्यहरूले दस्तखत गरेर ओलीसँग बैठकको माग गरिने पनि बताए।
शुक्रबार बिहान बसेको माधवकुमार नेपाल पक्षको बैठकपछि प्रतिक्रिया दिँदै उनले भने, ‘सर्वोच्च अदालतले जहाँ फर्काएको छ। मरेको नेकपा (एमाले)लाई जहाँ ब्युँताइदियो, त्यो ब्युँतेकै ठाउँबाट पार्टीको संगठन, संरचना, सम्पति, जो जे हुन् त्यही विन्दुमा फर्काएको हुनाले पार्टी त्यहीँबाट सुरु हुनुपर्छ।’
बैठकले पार्टीलाई बलियो, गतिशील र क्रियाशील बनाई विधि र पद्धतिमा चलाउनका लागि पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरिएको एमाले नेता रघुजी पन्तले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।