• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दलहरुबीचको संवादमा किन भयो अल्पविराम?

64x64
लिलु डुम्रे शुक्रबार, चैत १३, २०७७  ०९:४३
1140x725

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका लागि नयाँ सरकार बनाउन प्रयासरत तीन दलमा पछिल्लो समय संवादहीनता देखिएको छ। सत्ता परिवर्तनकै सन्दर्भमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच संवाद हुन सकेको छैन।

गत फागुन २९ गते माओवादी केन्द्र र जसपाका नेताहरूबीच संवाद भएयता द्विपक्षीय छलफलमा समेत अल्पविराम लागेको छ। त्यसको एक दिनअघि कांग्रेसका शीर्ष नेताहरुसँग जसपा नेताहरुले भेटेका थिए।

पार्टीहरुविच संवाद टुट्नुमा एकले अर्को पक्षलाई कारण देखाएका छन्। कांग्रेस र जसपाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले गतिरोध अन्त्यका लागि बाटो नखुलेको बताएका छन्। कांग्रेस अघि बढ्न नसकेको तथा जसपा दुई धार देखिएकोले समर्थन फिर्ता नलिएको माओवादी केन्द्रले जनाएको छ।

जसपाभित्र बेग्लाबेग्लै गठबन्धनको वकालत

माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ एक महिनाभित्रमा सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ। अन्य दुई दलको बलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सोंचमा माओवादी केन्द्र छ। समर्थन फिर्ता लिएसँगै एक महिनाको अवधिमा प्रधानमन्त्री ओलीले ‘खेल्न’सक्ने आकलनमा माओवादी केन्द्रमा छ। प्रधानमन्त्रीले विचको अवधिमा सत्ता टिकाउन अन्य विकल्प प्रयोग गर्न नदिन माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई सत्तामा राख्न इच्छा नभएरपनि समर्थन कायम राखेको छ। 

सत्ता सहकार्यका लागि प्रधानमन्त्री ओलीले फागुन २३ यता जसपाका नेताहरुलाई दुईपटक भेटिसकेका छन्। ओलीको 'सारथि' भएर जसपाले सरकारमा जाने निर्णय गरिहाल्न सकेको छैन भने उनको विकल्पको सरकारलाई साथ दिने निर्णय पनि गरेको छैन। जसपामा दुई धार स्पष्ट देखिँदा गतिरोध उत्पन्न भएको कांग्रेस नेताहरुको बुझाइ छ। ओली सरकारको विस्थापन पहिलो शर्त बनाएर अन्य मुद्दामा विस्तारै छलफल गर्दै जानेबारे जसपाले निर्णय गर्न नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। 

आफ्ना माग पुरा गर्नेसँग मात्रै सत्ताको गठबन्धन हुनसक्ने जसपाको भनाइ छ। कैलालीबाट निर्वाचित जसपाका सांसद रेशम चौधरीको रिहाइ, मधेश आन्दोलनका क्रममा चौधरीलगायतलाई लगाइएका मुद्धा फिर्ता, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन लगायतका माग जसपाले उठाएको छ। एमाले र माओवादी केन्द्र व्युँतिनु तथा माधवकुमार नेपाल पक्ष ओलीसँग टाढिएको बेला प्रधानमन्त्री कमजोर भएको जसपाको बुझाई छ। तीन वर्षअघि मधेसका मुद्दा हेर्ने ओली नजर अहिले परिवर्तन भएको जसपाका केहि नेताको बुझाई छ।

सत्ताको अंक गणित कमजोर भएका बेला आफ्ना मुद्धामा ओली लचक हुने विश्वास जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोमा छ। ओलीसँगका भेट सत्ता सहकार्यका लागि नभएको महतो दाबी छ। उनले नेपाल लाइभसँग भने, ‘हाम्रा माग पुरा भए भने मात्रै सरकारमा जाने विषयमा छलफल हुन्छ।’ जुन पक्षले माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउँछ उसैसँग गठबन्धन बन्ने उनले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्रीलाई आफ्ना माग सुनाए पनि पुरा हुनेमा स्वयं महतो विश्वस्त छैनन्। बालुवाटार पुगेर दुईपटक आफ्ना माग उनीहरुले सुनाइसकेका छन्। महतोले भने, ‘सत्तामा जो छ उसैले हाम्रो माग पुरा गर्ने। सकरात्मक छु भनेका छन्। पुरा गर्ने जस्तो देखिएको छैन।' प्रधानमन्त्रीको बोलीको कार्यान्वयन हुने/नहुने केही समय प्रतिक्षा गरेपछि मात्रै विकल्प खोज्ने पक्षमा महन्थ ठाकुर र महतो देखिएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको तत्काल प्रतिस्थापन चाहेका छन्। ‘अपहेलित’ भएर सरकारबाट बाहिरिएको समेत यादवको अन्तरआत्मामा छ। प्रधानमन्त्री ओलीका तिव्र आलोचक भट्टराई बालुवाटारका बैठकमा सहभागी समेत भएका छैनन्। यादव र भट्टराई वर्तमान सरकारको विरुद्धमा रहनु ओलीप्रतिको व्यक्तिगत टकरावलाई ठान्ने नेता जसपामा छन्। कांग्रेस–माओवादी केन्द्र–जसपाको गठबन्धनको पक्षमा यादव र भट्टराई छन्।

निर्णायक शक्तिका रुपमा रहेको जसपामा अन्योल देखिएपछि कांग्रेसले समेत आफ्नो अग्रसरता देखाएको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाले परिपक्व वातावरण बन्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गर्ने पहल लिएका छैनन्। प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवालाई अघि सार्न पार्टीमा सहमति बनेपनि उनले अग्रसरता लिएका छैनन्। बलियो आधार नबनेकैले प्रधानमन्त्रीले अग्रसरता नलिएको बताउँछन् कांग्रेस नेता कृष्णप्रसाद सिटौला। सिटौलाले नेपाल लाइभसँग भने, ‘प्रधानमन्त्री बन्ने आधार भएको भए शेरबहादुर देउवाले छाड्नुहुन्थ्यो होला र?’

सरकारको निरन्तरताको पक्षमा कांग्रेस नभए पनि सरकार परिवर्तन गर्ने आधार नभएको बुझाई छ। झिनो मतले तीन दलको बहुमत पुग्ने हालको संसदीय अंकगणित छ। कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४८ जना र जसपाका ३२ जना सांसद छन्। १३८ मतले बहुमत पुग्नेमा १४१ पुग्छ। कदाचित्, जसपाका केही सांसदले गठबन्धनलाई सहयोग गरिदिएनन् भने अविश्वासको प्रस्ताव असफल हुन्छ। त्यही डर देउवामा छ। एकपटक अविश्वासको प्रस्ताव असफल भए एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने संविधानको व्यवस्था छ।

माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकोप्रति कांग्रेस र जसपाका नेताहरुले आश्चर्य प्रकट गरेका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजनीतिक कोर्सले नयाँ रुप लिने उनीहरुको बुझाई छ। कांग्रेस नेता सिटौला माओवादी केन्द्रले समर्थन फिर्ता नलिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क राख्छन्। ‘माओवादी केन्द्रले समर्थन दिँदादिँदै पनि उहाँले विश्वासको मत आफैंले लिनुपर्ने हो। यो चाहिँ उहाँको नैतिक जिम्मेवारी हो’, नेता सिटौलाले भने, ‘संविधानमा त्यो व्यवस्था छ। कुनै पनि प्रधानमन्त्रीले कुनै पनि समयमा विश्वासको मतको लागि प्रस्ताव राख्न सक्छन्।’

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्