काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन जुनै हदसम्म जान सक्ने नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले बताएका छन्।
उनले समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपालको अस्मितासँग गाँसिएका विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका हुन्।
रावलले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओली नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’
जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यका लागि प्रधानमन्त्रीले निरन्तर संवाद गरिरहेको अवस्थामा रावलको यस्तो प्रतिक्रिया आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।