• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले एमाले पार्टीका सबै अधिकार आफूमा खिच्नुको अर्थ

64x64
नेपाल लाइभ शनिबार, चैत ७, २०७७  २२:२३
1140x725
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय।

काठमाडौं- शनिबार बालुवाटारमा बस्ने तय भएको नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकबाट हुनसक्ने सम्भावित केही निर्णय पहिल्यै आकलन भइसकेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको त्यो बैठकले एमालेमा ओलीविरुद्ध संघर्षरत वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने अनुमान एमाले वृत्तमा मात्र होइन, बाहिर पनि थियो।

यस्तो अनुमानअनुसार नै बालुवाटार बैठकले नेपालसहित उनको पक्षमा रहेका थप तीन जना नेतालाई पार्टीको हितविरोधी काम गरेको, पार्टी र नेतृत्वलाई खुइल्याउने तथा सरकारको बदनाम गर्ने गुटगत भेला गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो। 

तर, शनिबारको बालुवाटार बैठकबाट यसबाहेक अरु कैयौं निर्णय पनि भए, जो सम्भवतः धेरैका लागि अनपेक्षित थिए। पहिलो, बैठकले आफ्नो पार्टीका संघीय संसद तथा प्रदेश सभाका समानुपातिक तर्फका सदस्य (सांसद)हरूको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गर्‍यो। अर्थात् ओलीले अब एमालेबाट समानुपातिकतर्फ सांसद भएका जो-कोहीलाई हटाउन, तिनका ठाउँमा सूचीमा रहेका नाममध्येबाट अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नेछन्। 

Image
एमाले संसदीय दलको बैठकमा ओली (बीचमा)। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

दोस्रो, एमालेको केन्द्रीय कमिटी तथा मातहत कमिटीका सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि बालुवाटार बैठकले अध्यक्ष ओलीलाई नै प्रत्यायोजन गरेको छ। यो अधिकार ओलीमा आएसँगै अब उनले केन्द्रीय कमिटीमा नयाँ सदस्य मनोनयन गर्ने र भएका सदस्यलाई कारबाही गरेर हटाउने अधिकारको अभ्याससमेत एकल निर्णयबाट गर्न सक्नेछन्। 

ओलीले अब एमालेबाट समानुपातिकतर्फ सांसद भएका जो-कोहीलाई हटाउन, तिनका ठाउँमा सूचीमा रहेका नाममध्येबाट अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नेछन्। 

तेस्रो, अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामको अख्तियारी अध्यक्ष ओलीलाई दिने निर्णय बालुवाटार बैठकले गरेको छ। अर्थात् अब ती निकायसँग सम्बन्धित दलले गर्ने निर्णय पनि ओली आफैले गरेर ती निकायमा पठाउन सक्नेछन्। 

शनिबारको बालुवाटार बैठक वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले नेतृत्व गरेको अर्को पक्षले बहिष्कार गरेको थियो। एउटा पक्षको उपस्थितिबेगर भएका यी निर्णयले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सर्वाधिकारसम्पन्न र शक्तिशाली बनाएका छन्। एमालेको संस्थागत शक्ति ओलीमा त्यसबेला खिचिएको छ, जतिबेला उनी पार्टीभित्र मात्र होइन, बाहिर पनि विपक्षीको आवाजलाई हदैसम्म बेवास्ता गरेर अघि बढिरहेका छन्। 

राजनीतिशास्त्री भन्छन्- निरंकुशताको पराकाष्ठा
एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि दुई चिरामा विभाजित भयो। कानुनतः एउटै रहे पनि केन्द्रदेखि स्थानीय तहसम्म दुई पार्टीको अभ्यास अघि बढिसकेको थियो। सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलामार्फत् तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिई एमाले र माओवादी नै ब्युँतिने निर्णय सुनाएपछि त्यहाँभित्रको राजनीति अर्को रूपमा अघि बढ्यो। माओवादी अलग्गै दल भए पनि एमालेमा तत्कालीन नेकपाकै जस्तो संघर्ष चुलिएर गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

'यो भनेको एमालेमा अरु कोही नेता नै छैनन्, मात्र ओलीको 'वान मेन शो' चल्छ भन्ने हो। ओलीको सनक र 'ह्विम'मा निर्णय गर्न दिनु भनेको निरंकुशताको पराकाष्ठा हो,’प्राध्यापक पोखरेल भन्छन्। 

नेकपाको त्यो हविगत हुनुमा मूलतः सरकार र पार्टी दुवैतिर आफ्नो निर्णय नै प्रभावी हुनुपर्ने प्रधानमन्त्री ओलीको रुचि प्रमुख जिम्मेवार थियो। ओली नेकपाका पनि अध्यक्ष नै थिए। असीमित शक्ति अभ्यास गर्ने उनको रुचिले जसरी नेकपालाई विघटनसम्म डोर्‍यायो, एमालेमा ओली त्योभन्दा पनि अझ बढी शक्ति अभ्यास गर्नेगरी अघि बढेका छन्। शनिबार बालुवाटारमा भएका एमाले पार्टीका शक्ति ओलीमा केन्द्रीकृत गर्ने निर्णय त्यसकै दृष्टान्त हुन्। 

एमालेको शक्ति जति ओलीमा केन्द्रीकृत हुनुको अर्थ के हो? हाम्रो यो प्रश्नमा राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलले भने, ‘यो निरंकुशताको पराकाष्ठा हो।’ उनले यो निर्णय लागू हुने हो भने एमालेमा अब अरु कोही नेताको हैसियत नै नहुने र सम्पूर्ण अधिकार एकजना व्यक्तिमा केन्द्रित रहने बताए।

Image
एमाले संसदीय दलको बैठकमा सहभागीहरू। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

‘जबकि कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा चल्ने हो, निर्णय केन्द्रीय कमिटी र त्यसको पनि बहुमतले गर्ने हो,' प्राध्यापक पोखरेलले भने, ‘संकटकाल लागेका बेला धेरै अधिकार राष्ट्रपतिमा जान्छन् भने जस्तै आज एमालेले संकटकाल लागेजस्तै गरी सबै अधिकार अधिकार खिचेर अध्यक्षको हातमा दिएको जस्तो देखियो। यो भनेको एमालेमा अरु कोही नेता नै छैनन्, मात्र ओलीको 'वान मेन शो' चल्छ भन्ने हो। ओलीको सनक र 'ह्विम'मा निर्णय गर्न दिनु भनेको निरंकुशताको पराकाष्ठा हो।’

Xtrem

Xtrem

यसको असर के हुन्छ त? ‘एमालेभित्र ओलीको हुकुमी शासनलाई सबैले नतमस्तक बनेर स्वीकार गरेको देखियो, अब सबै कुरा उनको सनकमा भर पर्ने भयो’, प्राध्यापक पोखरेलले भने, ‘ओलीसँग राय बझाएर अलग्गै गतिविधि गरिरहेका नेता र कार्यकर्तालाई उनले अब जे चाह्यो त्यो गर्न सक्ने भए। उनले जे चाहे त्यो अब पार्टी निर्णय हुने भयो।’

तर, निर्णय गर्दैमा धेरै कुराले वैधता पाउन नसक्ने उनले बताए। ‘उनले भइरहेका सांसदलाई कारबाही गरेर संसद र निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने होला, के हाम्रो कानूनले पार्टीको केन्द्रीय कमिटीले गर्नुपर्छ भनेका निर्णय व्यक्तिले गर्ने छूट देला र? केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने भनिएका कुरा सोलोडोलो निर्णय गरेर अध्यक्षले प्रयोग गर्ने भन्न मिल्ला र? त्यसलाई कानुनले चिन्ल र?’, प्राध्यापक पोखरेलले भने, ‘मलाई लाग्छ, पार्टीले यस्तो निर्णय गर्नु भनेको देशको कानुनको विपरीत पनि हो। उनीहरुले निर्णय गरे पनि देशको कानुनले त्यसलाई चिन्दैन। यो कानुनी सँगसँगै राजनीतिक रुपमा पनि कन्भिन्सिङ कुरा होइन।’

उनको बुझाइमा यसको सबभन्दा ठूलो मार त एमालेले व्यहोर्नुपर्नेछ। त्यो कसरी त? प्राध्यापक पोखरेलले भने, ‘अब आम रुपमा पनि एमाले पार्टी भनेको विधि र पद्धति होइन, हुकुमी शैलीबाट चल्ने पार्टी हो भन्ने इमेज बन्ने भो।’ 

संसदीय दलको बैठकपछि प्रधानमन्त्री ओली अनौपचारिक छलफलमा। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:२३
  • #केपी_ओली
  • #नेकपा_एमाले
  • #संसदीय_दल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री... शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो । शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएक... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्