• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले एमाले पार्टीका सबै अधिकार आफूमा खिच्नुको अर्थ

64x64
नेपाल लाइभ शनिबार, चैत ७, २०७७  २२:२३
1140x725
तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय।

काठमाडौं- शनिबार बालुवाटारमा बस्ने तय भएको नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठकबाट हुनसक्ने सम्भावित केही निर्णय पहिल्यै आकलन भइसकेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको त्यो बैठकले एमालेमा ओलीविरुद्ध संघर्षरत वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने अनुमान एमाले वृत्तमा मात्र होइन, बाहिर पनि थियो।

यस्तो अनुमानअनुसार नै बालुवाटार बैठकले नेपालसहित उनको पक्षमा रहेका थप तीन जना नेतालाई पार्टीको हितविरोधी काम गरेको, पार्टी र नेतृत्वलाई खुइल्याउने तथा सरकारको बदनाम गर्ने गुटगत भेला गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो। 

तर, शनिबारको बालुवाटार बैठकबाट यसबाहेक अरु कैयौं निर्णय पनि भए, जो सम्भवतः धेरैका लागि अनपेक्षित थिए। पहिलो, बैठकले आफ्नो पार्टीका संघीय संसद तथा प्रदेश सभाका समानुपातिक तर्फका सदस्य (सांसद)हरूको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गर्‍यो। अर्थात् ओलीले अब एमालेबाट समानुपातिकतर्फ सांसद भएका जो-कोहीलाई हटाउन, तिनका ठाउँमा सूचीमा रहेका नाममध्येबाट अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नेछन्। 

Image
एमाले संसदीय दलको बैठकमा ओली (बीचमा)। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

दोस्रो, एमालेको केन्द्रीय कमिटी तथा मातहत कमिटीका सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि बालुवाटार बैठकले अध्यक्ष ओलीलाई नै प्रत्यायोजन गरेको छ। यो अधिकार ओलीमा आएसँगै अब उनले केन्द्रीय कमिटीमा नयाँ सदस्य मनोनयन गर्ने र भएका सदस्यलाई कारबाही गरेर हटाउने अधिकारको अभ्याससमेत एकल निर्णयबाट गर्न सक्नेछन्। 

ओलीले अब एमालेबाट समानुपातिकतर्फ सांसद भएका जो-कोहीलाई हटाउन, तिनका ठाउँमा सूचीमा रहेका नाममध्येबाट अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नेछन्। 

तेस्रो, अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामको अख्तियारी अध्यक्ष ओलीलाई दिने निर्णय बालुवाटार बैठकले गरेको छ। अर्थात् अब ती निकायसँग सम्बन्धित दलले गर्ने निर्णय पनि ओली आफैले गरेर ती निकायमा पठाउन सक्नेछन्। 

शनिबारको बालुवाटार बैठक वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले नेतृत्व गरेको अर्को पक्षले बहिष्कार गरेको थियो। एउटा पक्षको उपस्थितिबेगर भएका यी निर्णयले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई सर्वाधिकारसम्पन्न र शक्तिशाली बनाएका छन्। एमालेको संस्थागत शक्ति ओलीमा त्यसबेला खिचिएको छ, जतिबेला उनी पार्टीभित्र मात्र होइन, बाहिर पनि विपक्षीको आवाजलाई हदैसम्म बेवास्ता गरेर अघि बढिरहेका छन्। 

राजनीतिशास्त्री भन्छन्- निरंकुशताको पराकाष्ठा
एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि दुई चिरामा विभाजित भयो। कानुनतः एउटै रहे पनि केन्द्रदेखि स्थानीय तहसम्म दुई पार्टीको अभ्यास अघि बढिसकेको थियो। सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलामार्फत् तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिई एमाले र माओवादी नै ब्युँतिने निर्णय सुनाएपछि त्यहाँभित्रको राजनीति अर्को रूपमा अघि बढ्यो। माओवादी अलग्गै दल भए पनि एमालेमा तत्कालीन नेकपाकै जस्तो संघर्ष चुलिएर गयो। 

Ncell 2
Ncell 2

'यो भनेको एमालेमा अरु कोही नेता नै छैनन्, मात्र ओलीको 'वान मेन शो' चल्छ भन्ने हो। ओलीको सनक र 'ह्विम'मा निर्णय गर्न दिनु भनेको निरंकुशताको पराकाष्ठा हो,’प्राध्यापक पोखरेल भन्छन्। 

नेकपाको त्यो हविगत हुनुमा मूलतः सरकार र पार्टी दुवैतिर आफ्नो निर्णय नै प्रभावी हुनुपर्ने प्रधानमन्त्री ओलीको रुचि प्रमुख जिम्मेवार थियो। ओली नेकपाका पनि अध्यक्ष नै थिए। असीमित शक्ति अभ्यास गर्ने उनको रुचिले जसरी नेकपालाई विघटनसम्म डोर्‍यायो, एमालेमा ओली त्योभन्दा पनि अझ बढी शक्ति अभ्यास गर्नेगरी अघि बढेका छन्। शनिबार बालुवाटारमा भएका एमाले पार्टीका शक्ति ओलीमा केन्द्रीकृत गर्ने निर्णय त्यसकै दृष्टान्त हुन्। 

एमालेको शक्ति जति ओलीमा केन्द्रीकृत हुनुको अर्थ के हो? हाम्रो यो प्रश्नमा राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलले भने, ‘यो निरंकुशताको पराकाष्ठा हो।’ उनले यो निर्णय लागू हुने हो भने एमालेमा अब अरु कोही नेताको हैसियत नै नहुने र सम्पूर्ण अधिकार एकजना व्यक्तिमा केन्द्रित रहने बताए।

Image
एमाले संसदीय दलको बैठकमा सहभागीहरू। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

‘जबकि कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा चल्ने हो, निर्णय केन्द्रीय कमिटी र त्यसको पनि बहुमतले गर्ने हो,' प्राध्यापक पोखरेलले भने, ‘संकटकाल लागेका बेला धेरै अधिकार राष्ट्रपतिमा जान्छन् भने जस्तै आज एमालेले संकटकाल लागेजस्तै गरी सबै अधिकार अधिकार खिचेर अध्यक्षको हातमा दिएको जस्तो देखियो। यो भनेको एमालेमा अरु कोही नेता नै छैनन्, मात्र ओलीको 'वान मेन शो' चल्छ भन्ने हो। ओलीको सनक र 'ह्विम'मा निर्णय गर्न दिनु भनेको निरंकुशताको पराकाष्ठा हो।’

यसको असर के हुन्छ त? ‘एमालेभित्र ओलीको हुकुमी शासनलाई सबैले नतमस्तक बनेर स्वीकार गरेको देखियो, अब सबै कुरा उनको सनकमा भर पर्ने भयो’, प्राध्यापक पोखरेलले भने, ‘ओलीसँग राय बझाएर अलग्गै गतिविधि गरिरहेका नेता र कार्यकर्तालाई उनले अब जे चाह्यो त्यो गर्न सक्ने भए। उनले जे चाहे त्यो अब पार्टी निर्णय हुने भयो।’

तर, निर्णय गर्दैमा धेरै कुराले वैधता पाउन नसक्ने उनले बताए। ‘उनले भइरहेका सांसदलाई कारबाही गरेर संसद र निर्वाचन आयोगलाई जानकारी दिनुपर्ने होला, के हाम्रो कानूनले पार्टीको केन्द्रीय कमिटीले गर्नुपर्छ भनेका निर्णय व्यक्तिले गर्ने छूट देला र? केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने भनिएका कुरा सोलोडोलो निर्णय गरेर अध्यक्षले प्रयोग गर्ने भन्न मिल्ला र? त्यसलाई कानुनले चिन्ल र?’, प्राध्यापक पोखरेलले भने, ‘मलाई लाग्छ, पार्टीले यस्तो निर्णय गर्नु भनेको देशको कानुनको विपरीत पनि हो। उनीहरुले निर्णय गरे पनि देशको कानुनले त्यसलाई चिन्दैन। यो कानुनी सँगसँगै राजनीतिक रुपमा पनि कन्भिन्सिङ कुरा होइन।’

उनको बुझाइमा यसको सबभन्दा ठूलो मार त एमालेले व्यहोर्नुपर्नेछ। त्यो कसरी त? प्राध्यापक पोखरेलले भने, ‘अब आम रुपमा पनि एमाले पार्टी भनेको विधि र पद्धति होइन, हुकुमी शैलीबाट चल्ने पार्टी हो भन्ने इमेज बन्ने भो।’ 

संसदीय दलको बैठकपछि प्रधानमन्त्री ओली अनौपचारिक छलफलमा। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:२३
  • #केपी_ओली
  • #नेकपा_एमाले
  • #संसदीय_दल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ
पूर्वराज्यमन्त्री चौधरीको निधन
सम्बन्धित सामग्री
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान यही पुस ३० गतेभित्र इच्छुक उम्मेदवारलाई सम्पर्क गर्न सो पार्टीले आह्वान जारी गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिए । शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने,... शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात,... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्