काठमाडौं- नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले १० महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको हो।
फागुन २८ गते ओली पक्षले सुटुक्क केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटीमा सदस्य थप गरेको थियो। त्यतिबेला केन्द्रीय कमिटी सदस्य संख्या २ सय ६२ जना पुर्या इएको थियो। त्यसैलाई महाधिवेशन आयोजक कमिटी बनाइएको बैठकमा सहभागी एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए।
२८ गतेको बैठकले नै महाधिवेशनको २०७८ मंसिर २ देखि ६ गतेसम्मलाई तोकेको थियो। महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव निर्णय गरिएको छ। अन्य पदाधिकारी नहुने निर्णय गरिएको हो।
शनिबारको बैठक पनि माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले बहिस्कार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।