काठमाडौं- एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल सहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बैठकस्थलबाट एक नेताले जानकारी दिए।
उनीहरुलाई पार्टी हित विरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
नेपाल तथा झलनाथ खनालले नेतृत्व गर्दै आएको एमालेको यो पक्षले समानान्तर गतिविधि गर्दै आएको थियो। ओलीले यसअघि नै कारबाही गर्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।