Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रतिस्पर्धाबाट लाइसेन्स दिइएको काबेलीको पिपिए सुटुक्क परिवर्तन गर्ने तयारी

64x64
सविन मिश्र सोमबार, चैत २, २०७७  १७:०७
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले काबेली-ए जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) दर सुटुक्क परिवर्तनको तयारी गरेको छ। विद्युत विकास विभागले खुला प्रतिस्पर्धा गराई न्यूनतम पिपिए दर प्रस्ताव गरेको आधारमा लाइसेन्स दिइएको आयोजनाको पिपिए परिवर्तनको तयारी प्राधिकरणले गरेको हो। आयोजनाको लाइसेन्स बुटवल पावर कम्पनीसँग छ। 

३७.६ मेगावाटको काबेली-ए जलविद्युत आयोजनाको पिपिए परिवर्तन गर्ने प्रस्ताव नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा पुगेको छ। प्रस्तावमाथि छलफल र निर्णय भने भइसकेको छैन। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सञ्चालक समितिमा लगेको प्रस्तावमा 'प्राधिकरण र काबेली इनर्जी लिमिटेडबीच काबेली-ए जलविद्युत आयोजनाका लागि मिति २०७२ असोज ७ मा भएको विद्युत खरिद बिक्री सम्झौतालाई नेपाली मुद्रा र पोस्टेड रेटमा आधारित प्रचलित पिपिएले प्रतिस्थापन तथा संशोधन गर्ने,' उल्लेख छ। 

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बुटवल पावर कम्पनीको अनुरोधमा पिपिए दर संशोधनको प्रस्ताव अघि बढाइएको बताएका छन्। 'विश्व बैंकको ऋणमा आयोजना अघि बढाउने गरी यसअघि अमेरिकी डलरमा पिपिए भएकोमा अब त्यसलाई नेपाली मुद्रामा नै पिपिए गर्ने गरी संशोधन गर्न लागिएको हो,' शाक्यले भने, 'यसो गर्दा प्राधिकरणले केही सस्तोमा पिपिए गराउन सक्छ।' 

आयोजनाको काम अघि बढ्न नसकेको भन्दै विश्व बैंक बाहिरिएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार आफूसँगको सम्झौताअनुसार बुटवल पावर कम्पनीले आयोजनाको काम अघि नबढाएको भन्दै विश्व बैंक बाहिरिएको हो।

'काबेली-ए को काम जसरी अघि बढ्नुपर्ने थियो, त्यो भएन भनेर विश्व बैंकले अघि बढ्न नसक्ने जानकारी गराएको हामीले बुझेका छौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। सरकारले विश्व बैंकसँग ऋण लिएर हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीमार्फत् आयोजनामा ऋण लगानी गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरण सञ्चालक समितिका सदस्यहरूले भने खुला प्रतिस्पर्धाबाट न्यूनतम पिपिए दर प्रस्ताव गरी लाइसेन्स दिइएको आयोजनाको पिपिए दर सुटुक्क परिवर्तन गर्न खोज्नु ठिक नभएको बताएका छन्।

'यो सरासर अनियमित काम हो, खुला प्रतिस्पर्धाबाट लाइसेन्स दिइएको आयोजनाको पिपिए दर गोप्य तरिकाबाट परिवर्तन गर्न खोज्नु ठिक होइन,' ती सञ्चालकले भने।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीको सहमतिमा कार्यकारी निर्देशक शाक्यले प्रस्ताव अघि बढाएका हुन्। प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा मन्त्री रायमाझी नै छन्। 

Xtrem
Xtrem

नयाँ प्रस्तावअनुसार कम्पनीले उत्पादन गरेको बिजुलीको मूल्य हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुनेछ। कम्पनीले सुरुमा ६.२१ सेन्ट् अमेरिकी डलरमा पिपिए गरेको थियो। त्यसमा आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति संशोधित पिपिए हस्ताक्षर हुने मितिले ३ वर्षको रहने, बाँकी रहेका आयोजनागत निर्माण कार्यहरूका लागि वित्तीय व्यवस्थापन जुटाइसक्नुपर्ने अवधि बढीमा १ वर्ष कायम गर्ने र आयोजनाबाट सुख्खायाम (मंसिर १६ देखि जेठ १५ सम्म)मा उत्पादन हुने ऊर्जा कुल वार्षिक ऊर्जाको ३० प्रतिशत नपुग्ने भएकाले रन अफ दि रिभर (आरओआर) आयोजनाका लागि प्रचलित पिपिएको दररेट लगायत प्रावधानहरू रहने उल्लेख छ। 

यसैगरी कार्यकारी निर्देशक शाक्यले प्रतिकिलोवाट ६ सय रूपैयाँका दरले प्रचलित नमुना पिपिए अनुसार बुझाउने पर्ने बैंक ग्यारेन्टी कम्पनीले प्राधिकरणमा बुझाइसकेपश्चात् प्रतिकिलोवाट १ हजार रूपैयाँका दरको साविक बैंक ग्यारेन्टी प्राधिकरणले फिर्ता गर्ने प्रस्ताव पनि पेश गरेका छन्। साविक इनर्जी टेबल तथा सोको आधारमा गरिएका 'ग्रिड कनेक्सन एग्रिमेन्ट' भने यथावत राख्ने प्रस्ताव शाक्यले सञ्चालक समितिमा गरेको नेपाल लाइभलाई प्राप्त विवरणमा उल्लेख छ। 

आयोजनाको कुल लगानीमध्ये ६० प्रतिशत डलरमा र ४० प्रतिशत नेपाली रुपैयाँमा हुने सुरुवाती सम्झौतामा उल्लेख छ। त्यसैअनुसार नेपाल विद्युत प्राधिकरणले यही अनुपातमा आयोजनाको विद्युत खरिदको रकम भुक्तानी गर्नुपर्ने सुरुवाती सम्झौतामा उल्लेख गरिएको छ।

कुल अनुमानित लागतमध्ये आयोजनामा विश्व बैंकले ४० प्रतिशत, अन्तर्राष्ट्रिय वित्त निगमले ३२ प्रतिशत, स्थानीय बैंकको ८ प्रतिशत ऋण र संस्थापकले २० प्रतिशत लगानी गर्ने सुरुवाती सम्झौता थियो। विश्व बैंक बाहिरिएसँगै अब ऋण तथा स्वपुँजी (इक्विटी) व्यवस्थापनको जिम्मा बुटवल पावर कम्पनीकै भएको छ। 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्