काठमाडौं- नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्य संख्या २ सय जनामै सीमित हुने भएको छ।
नेकपा हुँदादेखिकै केन्द्रीय सदस्यलाई माओवादी केन्द्रले मान्यता दिएको हो। एकता हुँदा २ सय भएपनि कतिपय एमालेमा गएको, कतिपयको निधन भइसकेकाले आइतबारको बैठकमा १ सय ९४ जना मात्रै सहभागी भएका थिए।
माओवादी केन्द्र हुँदा यसअघि ४ हजारसम्म केन्द्रीय सदस्य बनाएको थियो। यसरी ठूलो संख्यामा केन्द्रीय सदस्य बनाउँदा माओवादी संगठन भद्रगोल हुन पुगेको थियो।
तत्कालीन एमाले-माओवादी केन्द्र एकता भएपछि ४ सय ४१ जना केन्द्रीय सदस्य बनाएको थियो। जसमा एमालेबाट २ सय ४१ जना र माओवादीबाट २ सय जना राखिएका थिए।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएपछि एमाले माओवादी ब्युँताउने अवस्थामा पुगेका थिए।
अदालतको फैसलापछि एमालेले एमालेकै यसअघिकै कमिटीलाई वैधानिकता दिएको छ। तर, माओवादीले नेकपामै रहँदाको कमिटीलाई वैधानिकता दिएको छ। स्थायी कमिटी र केन्द्रीय सदस्य नेकपामा हुँदादेखिकै नेताहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।