काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय महिला विभागले वडादेखि केन्द्रसम्मका सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने माग गरेको छ।
सहानुभूतिको ठाँउमा मात्र नभइ हिस्सेदारीको समय भएकोप्रति कांग्रेस नेतृत्वको ध्यानाकर्षण गरिएको छ। शनिबार र आइतबार चलेको बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षणपछि जारी घोषणापत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने निर्णय गरेको छ।
दण्डहिनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका गर्न सुझाइएको छ।
भेलाले छात्रालाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिता गर्न माग गरेको छ। वर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।