मोरङ- प्रदेश-१ प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशनको चौंथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
यसअघि सोमबार बस्ने भनिएकौ बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित गरिएको उल्लेख छ।
प्रदेश सभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ। यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार दिउँसो साढे १२ बजे बैठक बस्ने भनिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।