काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।
माओवादीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठक सकेर प्रचण्डले एमाले नेता नेपालसँग भेटवार्ता गरेका हुन्। प्रचण्ड र नेपालबीच भेटवार्ता चलिरहेको पुष्टि गरेपनि उनीहरूनिकट नेताहरूल ठाउँ भने खुलाएका छैनन्।
प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउनुअघिको नेकपामा प्रचण्ड र नेपाल सँगै थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एउटा पक्षको नेतृत्व गर्दा प्रचण्ड र नेपालले अर्को पक्षको नेतृत्व गरिरहेका थिए।
तर, फागुन २३ गते सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविक एमाले र माओवादी केद्र ब्युँताएको थियो। त्यसपछि दुई पार्टी अलग अलग भएका थिए।
एमालेमा ओली पक्षले एकलाैटी निर्णय गर्न थालेको भन्दै नेपाल पक्ष चिढिएको छ। शुक्रबार स्थायी कमिटीको भेला राखेको नेपाल पक्षले शनिबार केन्द्रीय सदस्य र सांसदहरूको भेला गरेको थियो। नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।