फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २० महिनापछि दुईतिहाई बहुमतसहित सिंहदरबार छिर्ने दावी गरेका छन्। १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूर्य चिन्हधारी पार्टी नेकपा एमाले दुईतिहाई बहुमत ल्याउने पनि बताए।
‘कसैले हटाएर देखाओस्। जालझेल गरोस्। मोर्चा कसोस्,’ ओलीले भने, ‘२० महिनापछि सुर्य चिन्ह धारी पार्टी नेकपा एमाले २ तिहाई बहुमतका साथ सिंहदरवारको मूल गेटबाट प्रवेश गर्छ।’
उनले आफू प्रतिपक्षमा बस्न तयार रहेको समेत बताए। ‘प्रतिपक्षमा बस्न तयार छौं। सरकारमा भए देश बनाउछौं, प्रतिपक्षमा भए तयारी गर्छौं। हाम्रो गन्तव्य सत्ता सत्ता होइन। देशको विकास हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।