काठमाडौं– नेकपा एमलेको माधव नेपाल-झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न नेताहरूलाई प्रदेश तथा विभाग इन्चार्जको जिम्मेवारी तोकेको छ। शनिबार नयाँबानेश्वरमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको हो।
बैठकले प्रदेश-१ इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई तोकेको छ भने प्रदेश २ इन्चार्जमा घनश्याम भुसाल तोकिएका छन्। बागमती प्रदेश र महिला विभाग इन्चार्ज अष्टलक्ष्मी शाक्य बनेकी छन्। सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेश इन्चार्ज बनाइएको छ।
त्यसैगरी, लुम्बिनी र कर्णाली इन्चार्जमा युवराज ज्ञवाली र भीम रावललाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइएको छ।
रघुजी पन्त युवा इन्चार्ज बनेका छन् भने विद्यार्थी इन्चार्जको जिम्मेवारी गोकर्ण विष्टलाई दिइएकाे छ। त्यसैगरी, बुद्धिजीवीको जिम्मेवारी प्रमेश हमालले पाएका छन्।
नेपाल पक्षले तोकेका इन्चार्ज यसप्रकार छन्
प्रदेश १ : भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
बागमती : अष्टलक्ष्मी शाक्य
गण्डकी : सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली : युवराज ज्ञवाली
सुदूरपश्चिम : भीम रावल
युवा इन्चार्ज : रघुजी पन्त
विद्यार्थी : गोकर्ण विष्ट
बुद्धिजीवी : प्रमेश हमाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।