काठमाडौं– नेकपा एमाले नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक सकिएको छ। भखैरै सकिएको बैठकले अब बस्ने केन्द्रीय सदस्यको बैठकका लागि एजेन्डा तय गरेको एक नेताले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले हिजो एकपक्षीय रुपमा पदाधिकारीको जिम्मेवारी हेरफेर तथा केन्द्रीय सदस्य मनोनयन गरेपछि आगामी रणनीति बनाउन नेपाल–खनाल समूहको बैठक बसेको होे।
बैठकमा ओली पक्षीय बैठकका निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।