काठमाडौं–नेकपा एमालेको विवाद मूल पार्टीदेखि तल्ला तहसम्मै देखिएको समयमा माधव पक्षको विद्यार्थी समूहले पनि भेला आयोजना गरेको छ। दिउँसो १ बजे आरआर क्याम्पसमा बोलाइएको अनेरास्ववियुको भेलामा पार्टीमा भएका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ।
भेलाले सुदेश पराजुलीको पराजुलीको नेतृत्वमा समानान्तर कमिटी बनाउने बताइएको छ।
मूल पार्टीमा माधव नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी गठनको तयारी गरिरहँदा भातृसंगठनहरुमा पनि यो क्रम देखिएको हो।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले आफूखुसी अनेरास्ववियुमा सदस्यसँगै पदाधिकारीसमेत थपेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।