काठमाडाैं–आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक पनि बस्दै छ।
केन्द्रीय सदस्यको बैठक बस्नुपूर्व आवश्यक तयारी तथा एजेन्डा तय गर्न स्थायी कमिटी बैठक बसन लागेको एक नेताले बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले हिजो एकपक्षीय रुपमा पदाधिकारीको जिम्मेवारी हेरफेर तथा केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल समूहको बैठक आज बस्न लागेको हो।
बैठकमा ओली पक्षीय बैठकका निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने नेता बताइएको छ।
आजको माधव– खनाल समूहको बैठकले ओली पक्षीय बैठकले गरेका निर्णयमा असहमति जनाउँदै पार्टीका विभिन्न कमिटीमा मनोनीत गर्ने बताइएको छ।
शुक्रबार साँझ बसेको नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यको बैठकले बालुवाटारमा ओली समूहले गरेका निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।