• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०९२ सालको प्रधानन्यायाधीशका लागि २०७७ मै सिफारिस!

विवादस्पद फैसला गरेका कोइरालालाई प्रधानन्यायाधीशको साथ 
64x64
नेपाल लाइभ शुक्रबार, फागुन २८, २०७७  २२:२७
1140x725

काठमाडौं- अबका १५ वर्षपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि न्याय परिषदले शुक्रबार नै नाम सिफारिस गरेको छ। परिषद्‍ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका नहकुल सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाललाई सर्वोच्चको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको हो। सुवेदी २०९२ सालपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा एक वर्ष नेतृत्वमा रहनेछन्। 

अवसरै-अवसरपछि २०९२ मा सर्वोच्चको नेतृत्व 
छोटो समयमै सर्वोच्चको रजिस्ट्रार, मुख्य रजिस्ट्रार हुँदै मुख्य न्यायाधीश बनेका सुवेदी ३६औं प्रधानन्यायाधीश बन्नका लागि रोलक्रममा पुगेका छन्। २०७४ असार ११ गते सुवेदी सर्वोच्च अदालतको पहिलो मुख्य रजिस्ट्रार भएका थिए। कानुन संशोधनपछि रजिस्ट्रारबाट उनी न्यायाधीश भएका हुन्। 

२०७४ पुस २० मा मुख्य रजिस्ट्रारबाट उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस हुन सफलका थिए सुवेदी। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा बसेको परिषद्को बैठकले उनलाई वरीयताक्रममा माथि राख्दै उच्चको मुख्य न्यायाधीश बनाएको थियो।

बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार सुवेदीलाई तुल्सीपुर उच्च अदालत, उच्च अदालतका न्यायाधीश उदय चापागाईंलाई जनकपुर उच्च अदालत, उच्चकै अर्का न्यायाधीश यज्ञप्रसाद बस्याललाई दीपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो। 

सर्वोच्च अदालतका तत्कालीन वरिष्ठतम न्यायाधीशको हैसियतमा परिषद्का सदस्य रहेका दीपकराज जोशीले लिखित असहमति जनाएपनि उनी सिफारिस भएका थिए। 

२०७५ चैत २९ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा ३४औं र ३५औं प्रधानन्यायाधीश निश्चित गरेको थियो। ३६औँ प्रधानन्यायाधीश बन्न सक्ने गरी सुवेदी सिफारिस भएका हुन्। सोही सेटिङअनुसार सुवेदीको सर्वोच्च प्रवेश भएको आकलन गरिएको छ।  

भागबन्डा गरेरै कांग्रेस कोटामा कुमार रेग्मी र तत्कालीन नेकपा कोटामा हरिप्रसाद फुँयालको नाम सिफारिस गरिएको थियो। २०७६ वैशाख ६ गते उनीहरुको नाम संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भयो। यो नियुक्तिसँगै न्यायालयको नेतृत्व १७ वर्षसम्मका लागि ‘फिक्स्ड’ भएको थियो। अब यसमा एक वर्ष थप भएको छ। 

वरीयता तथा उमेरका आधारमा रेग्मी अबको ८ वर्षपछि २ वर्ष १० महिना र फुयाल ११ वर्षपछि ४ वर्ष दुई महिना प्रधानन्यायाधीश हुने त्यसबेला निश्चित भएको थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सुवेदी पनि एक वर्ष सर्वोच्चको नेतृत्वमा रहने छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

न्यायाधीश फुँयाल अहिले १८औँ वरीयतामा छन्। उनी २०९२ असोज १९ सालसम्म प्रधानन्यायाधीशको कुर्सीमा रहनेछन्। त्यसपछिको प्रधानन्यायाधीशका बन्ने रोलक्रममा अब अनुमोदनपछि सुवेदी हुनेछन्। 

के छ सर्वोच्चको न्यायाधीशलाई योग्यता?
संविधानको धारा १२९ मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा ५ मा सर्वोच्चको न्यायाधीश हुने योग्यता तोकिएको छ। 

सर्वोच्चको न्यायाधीश बन्न कानुन विषयमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा पन्ध्र वर्ष निरन्तर काम गरी विशिष्ट कानुनविद्को रूपमा ख्याति प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै, न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिने पनि उल्लेख गरिएको छ।  

संविधानले तोकेको योग्यता केलाउँदा हाल सर्वोच्चमा न्यायाधीश सिफारिस भएका चुडालको योग्यता पुग्ने देखिन्छ। हाल उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहेका चुडाल वरीयता क्रममा पहिलो नम्बरमा रहेका थिए। हालका मुख्य न्यायाधीशहरूमध्ये पहिलो नम्बरमा उनी नै रहेका थिए। सुवेदीका हकमा भने न्यायाधीशको रुपमा कार्यरत रहेको पाँच वर्ष नपुग्ने भएपनि तानिएको छ। सुवेदीको हकमा न्याय सेवामा १२ वर्ष बिताएको व्यक्ति योग्य हुने आधारले सिफारिस गरिएको छ। 

उच्चमा वरीयता मिचियो 
जिल्ला अदालतबाट उच्च अदालतको न्यायाधीश सिफारिस गर्दा वरीयता मिचिएको छ। वरीयताको पहिलो नम्बरमा रहेका जगतनारायण प्रधान रहेका थिए। उनीपछि तीन जनाको वरीयता मिचिएको छ। उनीपछि पाँचौँ नम्बरमा रहेका माधवेन्द्र रेग्मी उच्च अदालतमा सिफारिस भएका छन्। त्यस्तै अर्जुनकुमार कोइरालालाई ल्याउन थप ३ जनाको वरीयता मिचिएको छ। एकैपटक आठौँ नम्बरमा रहेका कोइरालालाई सिफारिस गरियो।

सुनसरी जिल्ला अदालतमा रहँदा सिद्धबाबा भनिने कृष्णप्रसाद गिरिलाई बलात्कार मुद्दामा सफाई दिएपछि विवादमा आएका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले काखी च्यापेका हुन्। परिषदको बैठकमा वरिष्ठतम सदस्य दीपककुमार कार्कीले उनको नाममा 'नोट अफ डिसेन्ट' लेखेका थिए।

कोइरालापछि सिफारिसमा परेका अमृतबहादुर बस्नेत नवौँ नम्बरका न्यायाधीश हुन्। त्यस्तै १३औँ नम्बरको वरीयतामा रहेका मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन्। वरीयताक्रममा माथि रहेपनि खिलनाथ रेग्मी, राधाकृष्ण उप्रेती र महेन्द्रबहादुर कार्कीलगायतका जिल्ला न्यायाधीश अटाएनन्।

त्यस्तै कानुनसचिव ऋषि राजभण्डारी पनि नियुक्तिमा अटाएका छन्। उनी कानुनमन्त्री लीलानाथ श्रेष्ठको कोटामा सिफारिस भएका हुन्। कानुन व्यवसायीबाट सिफारिसमा परेका जगदीश घिमिरे काठमाडौं जिल्ला बारको  पूर्व अध्यक्ष हुन् भने सागर विष्ट नेपाल बारका पूर्व केन्द्रीय सदस्य हुन्। निर्मला शाक्य पनि सर्वोच्च अदालतमा बहस गरिरहेकी अधिवक्ता हुन्। 

अबका ५ प्रधानन्यायाधीश 
यसअघि नै नियुक्त भएका पाँचजना न्यायाधीश सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेका छन्। बहालवाला प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर जबराको अवकाशपछि हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुनेछन्। कार्कीपछि विश्वभरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाल प्रधानन्यायाधीश हुने छन्। 

यस्तो छ प्रधानन्यायाधीश बन्ने मिति र अवधि  
हरिकृष्ण कार्की : २०७९ मंसिर २० (८ महिना)
विश्वभरप्रसाद श्रेष्ठ : २०८० साउन १९  (१ वर्ष २ महिना)
प्रकाशमानसिंह राउत : २०८१ असोज १९ (१ वर्ष ६ महिना)
सपना प्रधान मल्ल : २०८२ चैत १७ (२ वर्ष ७ महिना
 कुमार रेग्मी : २०८५ कात्तिक १ (२ वर्ष १० महिना)
हरि फुयाल : २०८८ भदौ २१ (४ वर्ष २ महिना)

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
सम्बन्धित सामग्री
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किन... शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले... शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ:  संसद् का... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्