• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालुवाटार बैठक : माधव–झलनाथ पक्षप्रति असहिष्णु ओली नीति

64x64
नेपाल लाइभ शुक्रबार, फागुन २८, २०७७  २१:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई पूर्ण रुपमा ‘इग्नोर’ गर्ने नीति लिएको प्रष्ट भएको छ। ओलीले उदारतापूर्ण छाती प्रस्तुत गरेर सबै पक्षलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउनलान् भनेर अपेक्षा गरिरहेको सो पक्षलाई थाहै नदिई ओलीले बैठक मात्रै राखेनन्, रणनीतिक निर्णयहरु समेत गरिदिए।

केन्द्रीय कमिटीमा ओली पक्ष बहुमतमा नै थियो। आफूले चाहेको निर्णय गर्न सो पक्षलाई कठिन थिएन। तर, सुटुक्क बसेको बैठकले एक पक्षीय निर्णय गर्नुमा माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टी नेताको रुपमै अस्वीकार गरेको जस्तो देखिन्छ। जबकि, सर्वोच्चको फैसलापछि ओलीजस्तै सो पक्ष पनि एमालेमै रहेर सक्रिय हुने गरी अघि बढेको थियो। तर ओलीले भने नेपाल–खनाल पक्षको अस्तित्व नै नस्वीकार्ने नीति लिएको शुक्रबारका निर्णयले पुष्टि गर्छन्। शुक्रबार नै प्रवक्ताको जिम्मेवारी पाएका एमाले नेता प्रदीपकुमार ज्ञवालीको विज्ञप्ति अनुसार उक्त पक्षका नेता–कार्यकर्तालाई सम्बोधन गर्न पनि हिचकिचाएको देखिन्छ।

बैठकले एमालेका २०५ जना केन्द्रीय सदस्यलाई पार्टीमा सहभागी हुन आग्रह गरेन। बरु नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि बनेको केन्द्रीय कमिटीलाई सम्बोधन गरेको छ। निर्णय सार्वजनिक गर्ने विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टी एकीकरणका बेला कायम ४३५ केन्द्रीय सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गर्दै संकटका बेला पार्टी एकता र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनुभएका कमरेडहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह लगायत नेकपा (माओवादी–केन्द्र) पृष्ठभूमिका २३ जना कमरेडहरुलाई केन्द्रीय कमिटीको जिम्मेवारीमा स्थापित गर्ने निर्णय गरेको छ।’

नेपाल–खनाल पक्षलाई एमालेकै हिस्साका रुपमा भन्दा माओवादी केन्द्रकै सदस्यको ‘हैसियत’ सम्बोधन गरिएको छ। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेपाल–खनाल समूहलाई ‘पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्र’ गर्नेहरुको कित्तामा उभ्याएका छन्। उनले भनेका छन्, ‘यसबीचमा पार्टी र आन्दोलनलाई समाप्त पार्न र आफ्नो पार्टीको नेतृत्वको सरकारलाई विस्थापित गरेर बुर्जुवा वर्गको हातमा नेतृत्व सुम्पिन गम्भीर षडयन्त्रहरु गरिए पनि आम जनताको साथ र पार्टीका प्रतिबद्ध नेता कार्यकर्ताहरुको सक्रियताले त्यसलाई विफल पारिएको छ।’

ओली  पक्षले अब कुनै पनि मूल्यमा पार्टी एकीकरण गर्न नसकिने निष्कर्ष निकालेको छ। त्यसैले निर्णय गरेको छ, ‘सबै पक्षसँग खुल्ला संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित र सही वैचारिक तथा संगठनात्मक आधारमा एकताबद्ध बनाउने प्रयास जारी राखिने छ। निर्वाचन आयोगले दिएको १५ दिनको समयसीमाभित्र भने पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको छ।’

सबै नेता कार्यकर्ताहरुलाई विगतका गल्तीहरुलाई सच्याउँदै आत्मसमीक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गर्ने निर्णय निर्णय बैठकले गरेको छ। जुन नेपाल–खनाल पक्ष लक्षित रहेको स्पष्ट देखिन्छ। निर्णयमा भनिएको छ, ‘पार्टीमा सदस्यता प्राप्त गर्दा तथा आफ्नो जिम्मेवारी बहन गर्दा लिएको शपथको मर्म र भावनालाई पालना गर्दै देश, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर एकताबद्ध भइ अगाडि बढ्न पनि सबैसँग आग्रह गरिन्छ।’

यति मात्रै होइन, बैठकले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको छ। पदाधिकारी भंग गरेर उनीहरुलाई हटाइएको हो।

प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट भने नेपाल–खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ। अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उनीहरुलाई जिम्मेवारी दिइएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश १ का एमाले इन्चार्ज भीम आचार्यको जिम्मेवारी खोसेर सुवास नेम्वाङलाई इन्चार्ज बनाइएको छ। यसैगरी बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको हो।

यसैगरी कर्णालीमा युवराज ज्ञवालीको ठाउँमा यमलाल कँडेल र  सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ।

प्रचार विभाग प्रमुखबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ। विदेश विभाग प्रमुखको जिम्मेवारी माधव नेपालबाट खोसेर राजन भट्टराईलाई दिएको छ।

यसैगरी एमालेको नवौं महाधिवेशनमाबाट उपाध्यक्षमा निर्वाचित वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली पदाधिकारी भंग भएसँगै जिम्मेवारीमुक्त भएका छन्।

ओलीसँगै रहेका महासचिव ईश्वर पोखरेल कायम छन्। यसैगरी उपमहासचिवमा विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई  निर्वाचित भएका थिए। पदाधिकारीमा नेपाल–खनाल पक्षको बहुमत थियो।

माधव नेपाल पक्षले भने ओलीले एक पक्षीय रुपमा गरेको निर्णय नमान्ने निष्कर्ष निकालेको छ। शुक्रबार साँझ बानेश्वरस्थित अर्याल होटलमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले ओलीको निर्णय विधान र विधि विपरीत भएको भन्दै मान्न नसकिने निष्कर्ष निकालेको हो।

ब्युँतिएको चार दिनमै देखिएको एमालेभित्रको निषेधको राजनीतिले सो पार्टीलाई थप संकटतिर होम्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
सम्बन्धित सामग्री
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किन... शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले... शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ:  संसद् का... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्