• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी स्किम सदुपयोग गर्दै ठूला करदाताले तिरे १ अर्ब २५ करोड कर

64x64
सविन मिश्र आइतबार, चैत १, २०७७  ११:४०
1140x725

काठमाडौं- थप कर निर्धारणमा लाग्ने शुल्क, थप दस्तुर र जरिवाना मिनाहको सुविधा प्रयोग गर्दै ठूला करदाताले सरकारलाई १ अर्ब २५ करोड रूपैयाँ राजस्व तिरेका छन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् दिइएका सुविधाको उपयोग गर्दै ठूला करदाताले मात्रै शुक्रबारसम्ममा सवा अर्ब रूपैयाँ राजस्व तिरेका हुन्। 

विवाद निरुपणका क्रममा रहेका मुद्दा फिर्ता लिँदै उनीहरूले आर्थिक ऐनमार्फत् दिइएको सुविधा प्रयोग गरेका हुन्। सरकारले प्रशासकीय पुनरावलोकन, राजस्व न्यायाधीकरण र अदालतमा विचाराधीन रहेका मुद्दा फिर्ता लिई निर्धारित राजस्व तिरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहको सुविधा दिइएको थियो। 

देशभर रहेका कर कार्यालयबाट थप ५० करोड रूपैयाँ राजस्व संकलन भएको अनुमान आन्तरिक राजस्व विभागको छ। सबैको विवरण नआइसकेको र आइतबार मात्रै यो सुविधा लिनेको यकिन विवरण थाहा हुने विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए। 'महिनाको अन्तिम दिन शनिबार परेकाले हामी चैत १ गतेसम्म निवेदन लिने र राजस्व बुझ्ने काम गर्छौँ,' महानिर्देशक आचार्यले भने।

nimb
nimb
Ncell 2
Ncell 2

ठूला करदाता कार्यालयका प्रमुख सहसचिव बाबुराम गौतमले करदाताले केही मुद्दा फिर्ता लिएको र त्यसबापतको राजस्व दाखिला गरेको बताए। 'अहिलेसम्म केही करदाताले मुद्दा फिर्ता लिएर कर तिरेका छन्,' उनले भने, 'सवा अर्ब रूपैयाँ यसरी संकलन हुनु भनेको राम्रो हो।' 

आन्तरिक राजस्व विभागले सबै कर कार्यालयबाट विवरण संकलन गरिसकेपछि 'स्किम'को प्रभावकारिता विश्लेषण गर्ने महानिर्देशक आचार्यले बताए। 'प्रारम्भिक विवरणले यसको प्रभावकारिता देखाएको छ, सानो स्किमले पनि ठूलो प्रभाव पार्न सक्यो,' उनले भने। 

विवादास्पद मुद्दा घट्ने
व्यवसायीहरूले शुल्क, थप दस्तुर र जरिवाना बोझबाट बच्न मुद्दा फिर्ता लिएसँगै आन्तरिक राजस्व विभाग, राजस्व न्यायाधिकरण र सर्वोच्च अदालतमा पुग्ने मुद्दाको संख्या पनि घट्नेछ। यसले विभागको कार्यसम्पादन थप सहज हुने आचार्यको बुझाइ छ। 'राजस्व आउने त एउटा कुरा भयो, मुद्दाको संख्या घट्दा हामीलाई पनि कार्यसम्पादनमा केही सहजता हुन्छ,' उनले भने। 

आयकर ऐन, मूल्य अभिवृद्धि कर र अन्त:शुल्क ऐनको व्यवस्थाअनुसार तीन तहको कानुनी उपचारमा व्यवसायी जान सक्छन्। कर कार्यालयले कर तथा अन्त:शुल्क निर्धारण गरेपछि विभागका महानिर्देशक समक्ष प्रशासकीय पुनरावलोकनका लागि जान पाउने व्यवस्था छ। त्यसमा चित्त नबुझे राजस्व न्यायाधीकरण र त्यसबाट पनि नभए सर्वोच्च अदालतसम्म पुग्न सक्ने कानुनी व्यवस्था छ। 

आर्थिक ऐन २०७७ को दफा २४ मा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहसम्बन्धी विशेष व्यवस्था गर्दै यो स्किम ल्याइएको थियो। जसअनुसार झुट्टा तथा नक्कली बिजक सम्बन्धमा भएको कर निर्धारण बाहेकमा व्यवसायीले विभिन्न चरणमा रहेका मुद्दा फिर्ता लिएर निर्धारित कर तिरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिनाह दिने व्यवस्था ल्याइएको थियो। 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राख... शनिबार, वैशाख १९, २०८३
सुनचाँदीको मूल्य बढ्यो आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो निगमले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहानबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो । शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्