काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले पूर्वमाओवादीका २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनित गरेको छ।
माधवकुमार नेपाल पक्ष अनुपस्थित रहेको बालुवाटारको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको हो। ओलीले गृहमन्त्री बादललाई बागमती प्रदेश, मणिचन्द्र थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिच प्रदेशको इन्चार्ज समेत बनाएको छ।
यस्तो छ सूची :
१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल चौलागाईं
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर चौधरी
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
२३. गिरधरी लाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।