काठमाडौं- नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढीनीलकण्ठमा दुवै पार्टीका शीर्ष नेताहरूबीच छलफल सुरु भएको हो।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाललगायत सहभागी छन्। यस्तै जसपाबाट उपेन्द्र महतो, महन्थ ठाकुर, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी छन्। भट्टराई र उपेन्द्र एउटै गाडीमा देउवा निवास पुगेका थिए।
यसअघि देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरिए सरकारमा सहभागी हुन सकिने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले निष्कर्ष निकालेको थियो।
महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको दुवै समूहको छलफलले यस्तो निर्णय गरेको हो। बैठकमा पौडेल, सिटौला, गगन थापा, मीनेन्द्र रिजाललगायतका नेताहरू सहभागी थिए।
प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबैले कांग्रेसको भूमिका खोजिरहेका बेला कांग्रेस भने अनिर्णित देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।