काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताएका छन्।
शुक्रबार प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटीको बैठक राखेर माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको थियो।
बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी भंग गर्दै आउँदो मंसिरका लागि महाधिवेशन मिति तोकेको छ। तर, यस विषयमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले जानकारी नभएको प्रतिक्रिया दिएको छ।
‘केन्द्रीय कमिटी बैठक भएको भए हामीलाई जानकारी हुनुपर्ने हो, केही थाहै छैन। सबै घटनाक्रम बुझेर मात्रै कमेन्ट गर्दा राम्रो होला’ पन्तले भने।
ओली पक्षको केन्द्रीय कमिटी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। यस्तै, माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।