काठमाडौं- नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गरिए सरकारमा सहभागी हुन सकिने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले निष्कर्ष निकालेको छ।
महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको दुवै समूहको बैठकले निर्णय गरेको हो। बैठकमा पौडेल, सिटौला, गगन थापा, मीनेन्द्र रिजाललगायतका नेताहरू सहभागी थिए।
महाराजगञ्जको बैठक सकेर सिटौला देउवासँग भेट गर्नका लागि बूढानीलकण्ठतर्फ लागेका छन्। देउवाले बूढानीलकण्ठमा जसपा शीर्ष नेताहरूसँगको भेटअघि देउवा र सिटौलाबीच वार्ता भएको हो।
प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबैले कांग्रेसको भूमिका खोजिरहेका बेला कांग्रेस भने अनिर्णित देखिएको छ। बैठक त्यसै सन्दर्भमा केन्द्रित हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।