काठमाडौं- नेकपा (एमाले)ले सातै प्रदेशमा इन्चार्ज र सहइन्चार्ज तोकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको हो।
प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन्।
त्यस्तै, बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन्।
प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन्। स्कुल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले राखेका छन्। अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन्।
सर्वोच्च अदालतको फैसलापछि एमाले भएपछि ओलीपक्षले एकलौटी रुपमा इन्जार्ज तोक्नेलगायतका निर्णय गरेको हो। बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल भने उपस्थित थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।