काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षको बैठक राखेर माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका छन्।
शुक्रबार बसेको सो पक्षको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले यसअघि विभिन्न जिम्मेवारीमा रहेका नेपाल पक्षका नेतालाई जिम्मेवारी मुक्त गरेको हो।
यसअघि एमालेको संगठन विभाग प्रमुख रहेका माधव नेपाललाई हटाएर राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, सातै प्रदेशका इन्चार्जमा केपी ओली पक्षका नेतालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी हटाइएको छ। पदाधिकारीमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको बहुमत थियो।
ओली पक्षले एमालेको महाधिवेशन मंसिर २ गतेदेखि ६ गतेसम्मलाई तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।