काठमाडाैं– नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा हालसम्म वार्ता नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा नेता नेपालले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीसँग पछिल्लो घटनाक्रमका विषयमा वार्ता नभएको बताएका हुन्।
‘सरकारका मान्छेले मसँग कुरा गरेका छैनन्।सरकार टिकाउने/नटिकाउने कसैले कुरा केहि हुन पाएको छैन,’ उनले भने। ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेबारे आफूले कोहीसँग छलफल नभएको प्रष्ट पारेका थिए।
केन्द्रीय समितिको बैठक बोलाउने विषयमा ओली पक्षले आफूसँग हालसम्म संवाद नगरेको समेत उनको भनाइ छ। छलफल र विवादबाट नडराउने बताउँदै नेता नेपालले बहस र छलफलसँग भाग्ने नेता हुन नसक्ने बताए।
पार्टी सञ्चालनका सन्दर्भमा एमालेमा छलफल हुने उनले बताए। ‘पार्टी कसरी लैजाने हामीले छलफल गर्छौं। सत्ता र जनतामा कसरी लैजाने छलफल गर्छ। विमतिलाई सम्बोधन कसरी गर्ने सल्लाह गर्छौं,’ नेता नेपालले भने।
ऋषि कट्टेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई खारेज गरिदिएपछि नेकपा एमाले ओली र माधव फागुन २३ मा सर्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।